ताप्लेजुङमा अवस्थित पाथीभरा
चैत १९ गते । ताप्लेजुङमा अवस्थित पाथीभरामा पछिल्लो ८ दिनमा करिब १० हजार दर्शनार्थीले दर्शन गरेका छन् । चैत १० गतेदेखि १७ गते मंगलबारसम्मको अवधिमा ९ हजार ५ सय ५३ जनाले दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिको फेसबुक पेजमार्फत सार्वजनिक तथ्यांकअनुसार मौसम त्यति अनुकुल नभएपनि दर्शनार्थीको संख्या बढ्दो छ । चैत र बैसाखमा दर्शनार्थीको संख्या बढि आउने गर्छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार एसईई परीक्षा लगत्तै दर्शन गर्न आउनेको संख्या वृद्धि हुन्छ ।
पाथीभरा