पाथीभरा मन्दिर
चैत १३ गते । जिल्लास्थित पाथीभरा मन्दिरमा शुक्रबार २ हजार बढि दर्शनार्थी छन् । रामनवमी पर्वका दिन पनि परेकाले विहानैदेखि दर्शनार्थी दर्शन गर्न लाइनमा बसेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार विगत केही दिनदेखि पानी परेतापनि दर्शनार्थी आउने क्रम रोकिएको छैन् । समितिका आइटी प्रमूख सन्तोष पुर्कुटीका अनुसार मौसम धुम्मिएकाले दर्शनार्थीले चिसो महसुस गरेका छन् । यद्यपी लाइनमा विगतजस्तो लामो समय बस्नुपरेको छैन् । पाथीभरा क्षेत्रमा परेको हिउँ अझै विलाएको छैन् ।
पाथीभरामा दर्शनका लागि लाइनमा बसेका दर्शनार्थी
पाथीभरामा दर्शनका लागि लाइनमा बसेका दर्शनार्थी