केन्द्रिय सदस्य लीलादेवी बोखिमलाई सम्मान गर्दै क्षेत्रिय कार्य समिति ‘क’ताप्लेजुङ
माघ २८ गते । नेपाली काग्रेस पाटी क्षेत्रिय कार्य समिति ‘क’ ताप्लेजुङले प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवारलाई विजयी गराउन मंगलबार बसेको बैठकले जिम्मेवारी तोकेको छ । पाटी सभापति तथा प्रत्यक्षतर्फका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ र समानुपातिकतर्फ गीता सेन्दाङलाई निर्वाचित गराउनका लागि क्षेत्रिय समितिका पदाधिकारीलाई अधिकाँश समय फिल्डमै परिचालन गराउने निर्णय गरेको हो । निर्वाचन क्षेत्र ‘क’ मा क्षेत्रिय कार्य समितिमा आबद्ध ३३ जनालाई नै प्रत्येक वडामा एक÷एक जनालाई परिचालन गर्ने निर्णय गरेको हो । ‘क’ निर्वाचन क्षेत्र सभापति लक्ष्मी प्रसाद भट्टराईले भने,‘सबै जना आ–आफ्नो ठाउँबाट फिल्डमा खटिनुभएको छ । हामी पनि फिल्डमै छौ ।’
केन्द्रिय सदस्य लीलादेवी बोखिमलाई सम्मान गर्दै क्षेत्रिय कार्य समिति ‘क’ ताप्लेजुङ
यसैगरि ‘क’ क्षेत्रअन्तर्गत फुङलिङ नगरपालिकामा संयोजक शर्मिला खतिवडा भण्डारी र सहसंयोजकमा लाक्पा शेर्पा, पाथीभरा याङवरक गाउँपालिकामा संयोजक राजकुमार कार्की र सहसंयोजक रमेश अधिकारी,सिदीङवा गाउँपालिकामा संयोजक तेजेन्द्र इदिङगो र सहसंयोजकमा सावित्रा गौतम तथा सिरीजङगा गाउँपालिकामा बम प्रसाद गौतम संयोजक र विक्रम भटराई सहसंयोजक तोकिएका छन् । निर्वाचनमा परिचालन भए नभएको अनुगमन गर्न र आवश्यक सल्लाह दिन अनुगमन समिति संयोजक क्षेत्रिय सभापति लक्ष्मी प्रसाद भट्टराई र सहसंयोजक उपसभापति गणेश खिम्दिङ र सदस्यहरुमा उमा गुरुङ,केवल मादेन र राम दाहाल छन् ।
केन्द्रिय सदस्य लीलादेवी बोखिमलाई सम्मान गर्दै क्षेत्रिय कार्य समिति ‘क’ ताप्लेजुङ
यसैबिच केन्द्रिय सदस्य लीलादेवी बोखिमलाई नेपाली काग्रेस पार्टी क्षेत्रिय कार्य समिति ‘क’ ताप्लेजुङले मंगलबार बधाई ज्ञापनसहित सम्मान गरेको छ । काग्रेस विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा चयन भएकी बोखिम निर्वतमान प्रतिनिधिसभा सदस्य समेत हुन् । ‘क’ निर्वाचन समितिका सभापति भट्टराईले भने,‘केन्द्रिय सदस्य हुनु ताप्लेजुङ काग्रेस पाटीका लागि गर्व हो । सम्मान र खूसी व्यक्त गर्नु पार्टीको संस्कार पनि हो ।’ विशेष महाधिवेशनमा सभापति गगन कुमार थापा चयन भएपछि बोखिमले केन्द्रिय सदस्यको जिम्मेवारी पाएकी हुन् । नेपाली काग्रेस पाटी ताप्लेजुङको सभापति समेत भएकी बोखिम निर्वाचन केन्द्रित गतिविधिमा संलग्न हुन गाउँ जाने तयारीमा छिन् । गाउँपालिका केन्द्रमा हुने आमसभा तथा कार्यक्रम बाहेक विभिन्न वडामा जाने बोखिमले बताए । केन्द्रिय सदस्य बोखिमले भनिन्,‘उम्मेदवार र पाटीलाई विजयी गराउनु साझा दायित्व हो । त्यही भएर चुनाव केन्द्रित गतिविधिमा संलग्न हुन आग्रह गर्छु ।’