setoveda logo
२१ जेठ २०८३, बिहिवार

ताप्लेजुङ गोल्डकप २०८२ः पाथीभरामा खेल तालिका सार्वजनिक

साउन १६, २०८२, शुक्रवार
ताप्लेजुङ गोल्डकप २०८२ को खेल तालिका 

ताप्लेजुङ गोल्डकप २०८२ को खेल तालिका 

साउन १५ गते । साउन २४ गतेदेखि ३१ गतेसम्म संञ्चालन हुने ताप्लेजुङ गोल्डकप २०८२ (तेश्रो संस्करण) खेल तालिका विहिबार पाथीभरा मन्दिरमा सार्वजनिक गरिएको छ । आयोजक लाखेजात्रा संञ्चालन समितिले खेल र पर्यटन जोडेर पाथीभराबाट खेल तालिका सार्वजनिक गरेको हो । लाखेजात्रा संञ्चाल समिति अध्यक्ष सागर मादेन,कोषअध्यक्ष दावा शेर्पा,सहसचिव डिल्ली गुरुङ र सदस्य पुर्ण गुरुङ,जिल्ला समन्वय समिति उपप्रमूख कृष्ण लिङ्खिम,पाथीभरा क्षेत्र विकास समिति सदस्य पृथ्वीमान पालुङवा र कार्यकारी निर्देशक प्रजिन हाङवाङको उपस्थितिमा तालिका सार्वजनिक गरेको हो । अध्यक्ष मादेनले भने,‘खेलमार्फत पाथीभराको प्रचार प्रसार गर्नु हो । पहिलो पटक गरेका हौ ।’

पाथीभरा क्षेत्र विकास समितिले प्रतियोगीताका लागि ७ लाख रुपैयाँ दिने निर्णय गरेको छ । कार्यकारी निर्देशक प्रजिन हाङवाङले भने,‘पाथीभराको प्रचार रचनात्मक रुपमा पनि हुन्छ । कार्यविधिअनुसार सहयोग गर्न मिल्छ ।’ कोषअध्यक्ष दावा शेर्पाका अनुसार पाथीभरा मातासँग शक्ति मागेर खेलतालिका सार्वजनिक गरेको हो ।

(खेल तालिका हेर्नुहोस्)