setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ गोल्डकप कसले जित्ला ? सलहेस कि चर्च ब्वाईज !

साउन ३१, २०८२, शनिवार
आयोजक लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेन र सचिव टिकेन्द्र नेपालीसहित दुवै टिमका प्रशिक्षक र कप्तान ।

आयोजक लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेन र सचिव टिकेन्द्र नेपालीसहित दुवै टिमका प्रशिक्षक र कप्तान ।

साउन ३१ गते । शुक्रबारको प्रि म्याच कन्फ्रेन्समा पत्रकार आनन्द गौतमले प्रश्न गरे,–कति गोलले जित्नुहुन्छ ? सलहेस क्लब सिरहाका प्रशिक्षक राजिव यादबले कुटनीतिक जवाफ दिए,–‘हामी जित्छौ ।’ त्यही प्रश्नमा चर्च व्वाईज यूनाइटेडका मनेजेर सविन डाँगीले भने,‘हामी नै जित्छौ ।’ दुवै टिमको जवाफमा समानता थियो,– ‘हामी जित्छौ’ । सिरहाका कप्तान रेम्बो चौधरी र सिवियूका कप्तान विश्वास चौधरी पनि सँगै थिए । संयोग नै भनौ, दुवैको थर चौधरी हो । दुवै जना आ–आफ्ना टिमका कप्तान पनि । अनि दुवै जना आ–आफ्ना टिमका गोलकिपर । सिवियूका गोलकिपर विश्वास चौधरीले चोटका कारण लामो समयपछि कमब्याक गरेका हुन् । यी दुई गोलकिपर फर्ममा छन् । दुवैको खेल्ने शैली गज्जबको छ । प्रशिक्षक,मेनेजर र कप्तानको जवाफको सन्देश थियो,–‘खेल हो । हार जित हुन्छ । अग्रिम अनुमान गर्न कठिन छ ।’

सिराह प्रशिक्षक राजिव यादव,कप्तान रेम्बो चौधरी र चर्च व्वाईज युनाइटेड ललितपुर मेनेजर सविन डाँगी र कप्तान विश्वास चौधरी ।

सिराह प्रशिक्षक राजिव यादव,कप्तान रेम्बो चौधरी र चर्च व्वाईज युनाइटेड ललितपुर मेनेजर सविन डाँगी र कप्तान विश्वास चौधरी ।

झट्ट हेर्दा लाग्छ,सिराह बलियो टिम हो । किनकी विदेशी खेलाडी छन् । तर चार जना विदेशी खेलाडीमध्ये फाइनलमा एडम सोडिया मैदानमा हुनेछैन् । किनकी पहिलो र दोश्रो खेलमा उनले पहेलो कार्ड पाए । प्रशिक्षक यादबले भने,‘हो, हामीसँग एडम हुने छैन् । यो टिमका लागि ठूलो धक्का हो । तर विकल्पमा बलियो खेलाडी छन् ।’ त्यसो भए एडमको पोजिसनलाई न्याय गर्न सक्ने खेलाडी को हो त ? यो प्रश्न स्यंम टिमका लागि टाउको दुखाई बनेको छ । सिराहका अर्का विदेशी खेलाडी हुन्,युसुफ मलिक । मलिकले दुई खेलमा चार गोल गरेका छन् । उनी प्रतियोगीताको हाइ स्कोररको दौडमा अगाडी छन् । मलिक दुवै खेलमा म्यान अफ दि म्याच घोषित खेलाडी हुन् । मलिक र एडमको तालमेल मैदानमा लोभलाग्दो थियो । त्यो तालमेलको अभाव मैदानमा खड्किन सक्छ । त्यही भएर मैदानमा एडमको अभाव हुन नदिन प्रशिक्षकले एडमको ठाउँमा कसलाई मैदानमा उतार्ने हो,कुर्नैपर्छ । हुन त मिडफिल्ड र डिफेन्समा रहेका विदेशी खेलाडी सिमोन पनेल सगुन र अजान्के भेराटीलाई नयाँ पोजिसनमा खेलाउन सक्छन् । पहिलो खेलमा प्लेइङ सेटमा रहेका तर दोश्रो खेलमा सब्सिच्यूट बेञ्चमा रहेका सुजित बुढाथोकी एडमको ठाउँमा हुनसक्छन् । विवेक राई,सुनिल खड्का,मोहित गुरुङ,नरेन्द्र चौधरी,फागुराम थारु,छिरिङ गुरुङ लगायत खेलाडी उपलब्ध छन् । त्यही भएर टिम बलियो छ ।

प्रथम कपसहित सिराह प्रशिक्षक राजिव यादव र कप्तान रेम्बो चौधरी  ।

प्रथम कपसहित सिराह प्रशिक्षक राजिव यादव र कप्तान रेम्बो चौधरी ।

चर्च व्वाईजका मेनेजर डाँगीका अनुसार टिम नयाँ रणनीतिसहित मैदान उत्रनेछ । २०७२ सालको च्याम्पियन हो,सिवियू । भरपर्दा डिफेन्डर सुमन श्रेष्ठ छन् । श्रेष्ठ सेमिफाइनल खेलका नायक पनि हुन् । द योङ ब्रदर्श क्लब इटहरी विरुद्ध ९३औं मिनेट उनले गरेको गोलले टिम बरावरीमा फर्कियो । ट्राइब्रेकरमा सुरुवाती प्रहार उनले नै गरे । सुरुवाती प्रहार नै गोलमा परिणत भएसँगै विपक्षी टिमलाई प्रेसर थपे । तसर्थ संम्भवत सिवियूले सिराह विरुद्ध डिफेन्सिभ खेल पस्कनेछ । भरपर्दा गोलकिपर चौधरीसहित डिफेन्डर श्रेष्ठको उपस्थितिले टिमको रक्षापंक्ति बलियो छ । डिफेन्समा उपलब्ध मनिराज चौधरी,प्रज्वल कुमार चौधरी र अभिशेक खड्का विपक्षीका लागि तगारो हो । युवराज ढकाल मिडफिल्डमा छन् । अनुभवी खेलाडी भएकाले बललाई नियन्त्रणमा राख्न सक्ने खूबी छ । मनिष कुमार जर्घा मगर स्कोर गर्न खप्पिस छन् । नवयूग श्रेष्ठको प्रदर्शन कस्तो रहला ? दर्शक प्रतिक्षामा छन् । सेमिफाइनल खेलमा नवयूग श्रेष्ठ जम्न सकेनन् । आकाश राई र चन्दन कुमार दासको औसत प्रदर्शन थियो । बरु रोशन पहाडीले अपेक्षा गरेभन्दा राम्रो खेले । सिवियूमा रहेका जिगर सुनुवार ताप्लेजुङका हुन् । तर सब्सिच्यूट बेञ्जमा छन् । के सिराह विरुद्धको खेलमा सुनुवारले मौका पाउलान ? सुनुवार व्यवसायी तथा राजनीतिज्ञ जंग सुनुवारका छोरा हुन् । त्यही भएर सिवियू टिमलाई घरेलु दर्शकको साथ बढि हुनसक्छ । दर्शक बाह्रौ खेलाडी हुन् । त्यही भएर दर्शकको साथले मैदानभित्रका खेलाडीको मनोबल बढाउन ठूलो टेवा पुग्छ । त्यो, ट्याक्टिस टिम सिवियूले अपनाउला वा नअपनाउला मैदानमा थाहा हुनेछ ।

प्रथम कपसहित चर्च व्वाईज युनाइटेड ललितपुर मेनेजर सविन डाँगी र कप्तान विश्वास चौधरी ।

प्रथम कपसहित चर्च व्वाईज युनाइटेड ललितपुर मेनेजर सविन डाँगी र कप्तान विश्वास चौधरी ।

दुवै टिमले मैदानको कुरा गरे । मैदानको लम्बाई १ सय मिटर मात्र छ । तर चौडाई साँघुरो छ । मात्र ५१ मिटर । एकातिर मैदान सानो छ । अर्कोतिर पानी परेकाले केही असहज । खेलाडी छरिएर खेल्न पाएका छैनन् । त्यही भएर वास्तविक प्रतिभा देखाउन सकेका छैनन् । तथापी खेलाडीले दर्शकलाई रोचक खेल अवलोकनको अभाव हुन दिएका छैनन् । तसर्थ खेलाडीको तारिफ गर्न कन्जुस्याई गर्न हुन्न ।

२ सय ५० रुपैयाँको टिकट काटेर खेल हेर्न आएका दर्शकले फाइनल फाइनल जस्तै भयो भन्नेगरिको खेल पस्किनु दुवै टिमका लागि मौका हो । ताकी आगामी वर्ष पनि यी टिमको माग हुन सकोस् । त्यसो भए उपाधि चाहिँ कुन टिमले चुम्ला ? दिउँसो २ः३० बजेदेखि सुरु हुने फाइनल खेलको मज्जा लिएर मात्र भन्न सकिन्छ, होइन त ? बरु प्याराफिटमा बस्ने ठाउँको अभाव हुनसक्छ, चाँडोगरि मैदान पो झर्ने कि !