setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ गोल्डकप २०८२ः कुन टिम कुन होटलमा

साउन १९, २०८२, सोमवार
आयोजकद्धारा प्रकाशित सहभागी ८ टिम बस्ने होटल विवरण

आयोजकद्धारा प्रकाशित सहभागी ८ टिम बस्ने होटल विवरण

साउन १९ गते । साउन २४ गतेदेखि ३१ गतेसम्म संञ्चालन हुने ताप्लेजुङ गोल्डकप २०८२ (तेश्रो संस्करण) मा सहभागी टिम बस्ने होटल टुंगो लागेको छ । आयोजक लाखेजात्रा संञ्चालन समिति र होटल व्यवसायीबिच भएको छलफलले होटल टुंगो लगाएको हो । आयोजक समितिका सहसचिव डिल्ली गुरुङ र होटल व्यवसायी सँघ जिल्ला अध्यक्ष दिनेश खवास लगायतको उपस्थितिमा होटल छनौट गरेको हो ।सहसचिव गुरुङले भने,‘८ वटा होटल छनोट गर्यौ । अनि लट्री तानेर टुंगो गर्यौ ।’ विगतमा सदरमुकामस्थित टिम राख्न सक्ने सबै होटल व्यवसायीलाई बोलाएर लट्री तान्दा टिम नपर्ने होटल व्यवसायीले असजिलो महसुस गरेकाले यो पटक ८ टिमका लागि ८ वटा होटललाई मात्र लट्रीमा बोलाएको हो ।

खेल तालिका

खेल तालिका

चर्च ब्वाईज क्लब ललितपुर होटल पाथीभरामा परेको छ । द योङ ब्रदर्श इटहरीको टिम द नाङ्लो होटलमा परेको छ । सहारा क्लब पोखरा ब्लु स्टार होटलमा परेको छ । लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारतको टिम माउन्टेन होटलमा परेको छ । सहलेस यूवा क्लब सिरहा मैवाखोला हिल रिसोर्टमा परेको छ । रेड स्टार क्लब झापा होटल इको भ्यूमा परेको छ । तेल्लोक स्र्पोटिङ क्बल होटल थकालीमा परेको छ । फिदिम स्र्पोटिङ क्लब ओचार्ड गेस्ट हाउसमा परेको छ ।