झापा भर्सेस पोखरा
साउन २५ गते । ताप्लेजुङको मैदानमा परिचित टिम हो, रेड स्टार क्लब झापा । रेड स्टार क्लबको यो चौथो पटकको सहभागीता हो । तर सहारा क्लब पोखराको सहभागीता पहिलो पटक हो । २०५५ सालमा स्थापना भएको सहारा क्लब खेलाडी उत्पादन गर्ने थलो पनि हो । झापा र पोखरा (कास्की) बिचको आइतबार क्वाटरफाइनल खेल हुँदैछ । मैदान प्रवेश गर्नुपूर्व नै दर्शकको खुल्दुली छ, कुन टिम बलियो होला ? कसले बाजी मार्ला ? टिममा को–को होलान ? खेल सुरु हुनुअघि के प्रशिक्षक र खेलाडीको दाबी के छ ? दर्शकको चासो हुनु स्वभाविक हो । किनकी दिउँसो २ बजेतिरै मैदान पुग्नुछ । नगद रु. १०० को टिक खरिद गरेर समय खर्चिएर खेल हेर्नुपर्नेछ । भाग्यशाली दर्शक हुनका लागि टिकट लट्रीमा परेर स्मार्ट फोन र वाईवाई चाउचाउ जित्नुछ । १२औं खेलाडीको जिम्मेवारी त छदैँछ । होइन र ?
झापाका प्रशिक्षक विजेन पुडासैनी (नाइक) र पोखरा प्रशिक्षक सुनिल रानामगर (केल्मी)
झापाका प्रशिक्षक विजेन पुडासैनीले भने,‘यहाँको मैदान होम ग्राउण्ड सरह नै हो । दर्शक साथ र खेलाडीको पदर्शनले उपाधि चुम्न आएका हौ ।’ पोखराका प्रशिक्षक सुनिल रानामगरले भने,‘हाम्रो उत्पादन र बाहिरका गरि मिश्रित खेलाडी छन् । आशा छ, पहिलो पटक गोल्डकप पश्चिम पोखरा पुग्छ ।’
प्रशिक्षक रानामगर भन्छन्,ः‘लामो यात्रा तय गरेर आएका छौ । दर्शकको उत्साहले अचम्मित छु । दर्शकलाई धन्यबाद ! फुटबलका लिजेण्ड दिलिप राईको समन्वयमा पहिलो पटक उपस्थिति भएका हौ । २०५५ मा स्थापना भएको क्लब हो । चउरमा फुटबल खेल्दै आएको क्लब हो । २०५७ सालदेखि प्रतियोगीता सुरु गरेको हो । चौथो ब्याजका खेलाडी उत्पादनमा छन् । हामी टिम वर्कमा छौ । अनि ठूला प्रतियोगीता वाहेक शहरमा फुटबल र दर्शक हराउँदै छ । तर ताप्लेजुङमा जिवित पायौ ।’
झापा प्रशिक्षक पुडासैनी भन्छन्ः ‘चौथो पटक आएका छौ । यो ग्राउण्ड होमग्राउण्ड झै बनेको छ । यद्यपी खेलाडीका लागि होइन् । तर हाम्रो तयारी विगतजस्तो अलिक छैन् । अझ सिक्किममा अधिकाँश खेलाडी गएका छन् । तर नेपालको उमेर समूहमा आवद्ध खेलाडी उपलब्ध छन् । राष्टिय टोली र ए डिभिजन खेल खेलेका खेलाडी छन् । फुटबल हो । महारथी टिम हार्छन् । भन्न सकिन्न । तर ढुक्क छौ । पोखरा विरुद्धको खेल जित्छौ ।’
रेडस्टार क्लब झापा प्लेइङ–११ (अनुमानित)
१. दीप कार्की–गोलकिपर (एनएसएल)
२. रुविन बोगटी
३. आश्विन घोरासैनी
४. गौरव श्रेष्ठ (यू–२०)
५. विश्वास श्रेष्ठ (एनएसएल)
६. दिपक तामाङ (यू–२०)
७. विवेक गुरुङ (एनएसएल)
८. सविन कुमार लुङगेली (यू–१९)
९.रोशन ठकुरी
१०. जोन विष्ट (यू–१७)
११. कृष्ण गुरुङ (यू–१९)
१२. सरेश कुमाल
१३. प्रसिद्ध राई
१४. बुद्ध चौधरी
१५. सिद्धान्त लिम्बु
१६. कृष्ण आले (यू–१९)
प्रशिक्षक विजेन पुडासैनी
मेनेजर मनिश शंकर
फिजियो रमेश गुरुङ
सहारा क्लब पोखरा प्लेइङ–११ (अनुमानित)
१ं आयुष्मान गुरुङ (बासवारी युवा क्लब)
२. मन्दिप गुरुङ (सहारा क्लब पोखरा)
३. क्षितिज राई (हिमालयन शेर्पा)
४. हेमन्त तामाङ (सहारा क्लब पोखरा)
५. भक्तजंग खड्का (नेपाल पुलिस क्लब)
६. सरोज तितुङ (बासवारी यूवा क्लब)
७. सचिन गुरुङ (विग्रेड व्वाइज क्लब)
८. भगवत चौधरी (विग्रेड व्वाइज क्लब)
९. सुमन श्रेष्ठ (पुलचोक)
१०. सविन नेपाली तामाङ (सहारा क्लब पोखरा)
११. टीकाराज गुरुङ (हिमालयन शेर्पा)
१२. भरत शाह (नेपाल पुलिस क्लब)
१३. हेम तामाङ (नेपाल पुलिस क्लब)
१४. निशान श्रेष्ठ (च्यासल)
१५. शतिस शाही (विग्रेड व्वाइज क्लब)
१६. मनोज गुरुङ (सहारा क्लब पोखरा)
१७. निश्चल जिसी (सहारा क्लब पोखरा)
१८. अमिर कुँवर (सहारा क्लब पोखरा)
प्रशिक्षक सुनिल रानामगर
मेनेजर सिदान्त थापा