setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ गोल्डकप २०८२ः इटहरी र तेल्लोक कुन बलियो ?

साउन २२, २०८२, बिहिवार
ताप्लेजुङ गोल्डकप २०८२ तेश्रो संस्करण

ताप्लेजुङ गोल्डकप २०८२ तेश्रो संस्करण

साउन २२ गते । ताप्लेजुङ गोल्डकप २०८२ तेश्रो संस्करण साउन २४ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा तेल्लोक स्र्पोटिङ क्लब तेल्लोक ताप्लेजुङ र द योङ ब्रदर्श क्बल इटहरीबिच प्रतिस्पर्धा हुँदैछ । धेरैको चासो छ, कुन टिम बलियो होला ? खेल कतिको रोचक होला ? टिममा को–को खेलाडी छन ? दुवै टिमले खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको छैन् । शनिबार विहान १० बजेसम्म खेलाडी संकलन गर्ने समय सुविधा छ । यद्यपी दुवै टिमले सम्झौता गरेका खेलाडीको नाम भने सार्वजनिक गरिसकेका छन् ।

खेल तालिका

खेल तालिका

इटहरीले पूर्वका खेलाडी संकलन धमाधम गर्दैछ । शुक्रबार २ वटा गाडीमा इटहरीको टिम तमोर करिडोरमार्फत ताप्लेजुङ आउँदैछ । इटहरीको आधा खेलाडी तेह्रथुमको छथरमा आयोजित खेलमा सहभागी छन् । उनीहरु शुक्रबार राती नै ताप्लेजुङ आउने भएका छन् । थ्रिस्टार क्बलबाट खेलेका प्रवेश बस्नेत र नेपाल पुलिस क्लबका डिफेन्डर शिशिर चौधरी छन् । प्रशिक्षक समरपन मगरका (विमल) अनुसार यूवा र अनुभवी खेलाडी मैदान उत्रनेछ । इटहरीका रमेश राजवंशी,विराटनगरका गोलकिपर निशान थापा मगर छन् । योगेन्द्र कार्की,सञ्जय धिमाल र युवराज थापा टिममा उपलब्ध छन् । गत वर्ष इटहरीको टिमले सुनसरीको भरौल गोल्डकप जितेको थियो । प्रशिक्षक मगरले भने,‘पहिलो खेल हाम्रो लागि चुनौतीपुर्ण छ । तर सेमिफाइनल पुगे सिक्किम गएका सबै खेलाडी आइपुग्छ ।’ इटहरीका टिम मेनेजर विज्ञान राई अझै पनि खेलाडी संकलन गर्नमा व्यस्त छन् । विहिबार बेलुकीसम्म मात्र खेलाडीको टुंगो लाग्ने अवस्था छ । नेपालका व्यवसायिक खेलाडी यतिबेला सिक्किममा व्यस्त छन् । त्यहाँ एउटै खेलाडीले दैनिक २ वटा सम्म खेल खेल्छन् । सिक्किममा राम्रो मूल्य दिने भएकाले खेलाडी जाने गरेका छन् ।

यता तेल्लोकले ४ जना राष्ट्रिय खेलाडी, २ जना विदेशी र ताप्लुजुङकै अनुभवी खेलाडी मैदान उतार्ने भएको छ । क्बल अध्यक्ष अर्जुन भटराईका अनुसार टिम स्ट्रङ छ । अध्यक्ष भटराईले भने,‘फाइनले उठाउने योजना हो । घरेलु दर्शको साथ र खेलाडीको मेहनत जरुरी छ ।’ जबसम्म दुवै टिमले खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्दैनन्, तबसम्म कुन टिम बलियो भनेर अनुमान लगाउन कठिन छ ।