लाखेजात्रा सञ्चालन समिति अध्यक्ष सागर मादेन र सचिव टिकेन्द्र नेपालीले हस्ताक्षर गरेको पत्र
साउन २३ गते । ताप्लेजुङ गोल्डकप २०८२ को खेल अवलोकनका लागि फुङलिङ नगरपालिकाका कर्मचारीलाई निशुल्क प्रवेश दिने भएको छ । नगरपालिकामा कार्यरत रहेको परिचय कार्ड हुनुपर्ने प्रावधान छ । आयोजक लाखेजात्रा सञ्चालन समिति अध्यक्ष सागर मादेन र सचिव टिकेन्द्र नेपालीले हस्ताक्षर गरेको पत्रमा नगरपालिकाको कर्मचारीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख छ । फुङलिङ नगरपालिकाले फुटबल प्रतियोगीता सञ्चालन गर्न ७ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।