setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलको १८औं वार्षिकउत्सव

जेठ १६, २०८२, शुक्रवार
ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले शुक्रबार १८औं वार्षिकउत्सव सहभागीहरु ।

ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले शुक्रबार १८औं वार्षिकउत्सव सहभागीहरु ।

जेठ १६ गते । जिल्लाको ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले शुक्रबार १८औं वार्षिकउत्सव मनाएको छ । फुङलिङ नगरपालिका–६स्थित विहिबारेमा २०६५ सालमा स्थापना भएको विद्यालयले बार्षिकउत्सव मनाएको हो । २०८१ सालभरि विद्यार्थीको मूल्याङकन गरेर विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको छ । प्रअ इन्द्र कुमार गुरुङले भने,‘विभिन्न विधा छन् । ती विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्छौ ।’

प.अ. ईन्द्र कुमार गुरुङ र सहायक प्र.अ. कुमारी गुरुङसहित शिक्षकहरु ।

प.अ. ईन्द्र कुमार गुरुङ र सहायक प्र.अ. कुमारी गुरुङसहित शिक्षकहरु ।

कार्यक्रमअवधिभर विद्यार्थीले लोक संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरे । प्रमूख अतिथि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले सामुदायिक र संस्थागत विद्यालय दुवै राज्यको सम्पत्ति भएको बताए । नगरप्रमूख मादेनले भने,‘सामुदायिक र संस्थागत विद्यालय दुवैको उदेश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । हामीले चाहेको पनि गुणस्तरीय शिक्षा नै हो ।’

विद्यालयको आफ्नै भवन छ । आफ्नै हल पनि छ । कम्यूटर कक्षा छ । दक्ष जनशक्ति छ । कार्यक्रममा फुङलिङ नगरपालिका–६ वडाअध्यक्ष तेज गुरुङ (मदन),प्याब्सन पुर्व केन्द्रिय सदस्यद्धय यूवराज गीरी,काजीमान पालुङवा,जिल्ला सचिव तरुण भारती,कोषअध्यक्ष चन्द्र वहादुर मादेनको उपस्थिति थियो । बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय प्रअ यूवराज बस्नेत,ब्याडमिन्टन सँघ अध्यक्ष सुरेश सिंघक,अग्रज अभिभावक यीगेन्द्र कुमार गुरुङले विद्यार्थीलाई पुरस्कार प्रदान गरे ।