setoveda logo
४ वैशाख २०८३, शुक्रवार

तामाकोसीले थाल्यो पूर्ण क्षमतामा विद्युत् उत्पादन

असार १३, २०८२, शुक्रवार

असार १३ गते । स्वदेशी लगानीको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले २४ सै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको छ । पहिरोले क्षतिग्रस्त बालुवा थिग्राउने दुवै पोखरी आंशिक मर्मत सकिएसँगै २४ सै घण्टा विद्युत् उत्पादन सुरु गरेको हो । ४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको बालुवा थिग्राउने दुवै पोखरी अर्थात् डिस्यान्डरसहित विद्युत् संचालन नियन्त्रण कक्ष, भूमिगत नहर ९कल्भर्ट० रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण गत वर्ष असोज ११ मा ठूलो क्षति पुगेको थियो । जसका कारण गत वर्ष ३ महिना विद्युत् उत्पादन बन्द भएको थियो । गत पुसमा बालुवा थिग्राउने दुवै पोखरीमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरेर बाँधका सबै ढोका खोलेर नदीमा आधारित भएर केन्द्रले विद्युत् उत्पादन गर्दै आएको थियो । दायाँतर्फको डिस्यान्डर आंशिक मर्मत भएपछि बाँधस्थलमा पानी भरेर बिहीबार अपराह्नदेखि जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा संचालनमा ल्याएको केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।

 माथिल्लो तामाकोसी 

 माथिल्लो तामाकोसी 

तामाकोसी जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा संचालनमा ल्याएका छौं,’ उनले भने, पहिलाकै अवस्थामा ल्याउने गरी पुनर्निर्माण सकिएको छैन, तर यो बर्खाको ३ महिना केन्द्रको घाटा कम गर्न दुवै डिस्यान्डर आंशिक रुपमा संचालनमा ल्याएर चलाएका छौं ।’ दुवै डिस्यान्डर पूर्ण रुपमा पुनर्निर्माण सकिन अझै ४५ दिन लाग्ने उनले बताए । ‘डेढ महिना कुरेर पूर्ण रुपमा संचालनमा ल्याउँदा तामाकोसी कम्पनीलाई घाटाको भार थप बढ्ने भएकाले हाललाई आंशिक रुपमा तयार गरेर पूर्ण क्षमतामा उत्पादन गरिएको हो,’ उनले भने, ‘पहिरोका लेदोले क्षति गरेका भूमिगत नहर मर्मत सकिएको छ, बाँधमा पानी भरेर असोजसम्म २४ घण्टा नै ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।’ बर्खायाम भएकाले बाढीको अवस्थालाई समेत मध्यनजर गरेर केन्द्रले विद्युत् उत्पादन गर्ने उनले बताए । तामाकोसी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज ९पानीको बहाव० ६६ क्यूसेक हो । गएको असोजको अविरल वर्षाले तामाकोसी नदीको बहाव बाँधस्थलमा ४६१ क्यूसेक पुगेको थियो । तामाकोसीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता ९पीपीए० अनुसार पानीको बहाव २५० क्यूसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ ।

यस्तै पहिराले क्षति गरेको भूमिगत नहरको मर्मत भइसकेको छ । विद्युत् नियन्त्रण कक्ष निर्माण भइरहेको छ । पहिरोले विद्युत् नियन्त्रण कक्षको भवन पूर्ण रुपमा क्षतिग्रस्त बनाउँदा त्यहाँ कार्यरत दुई जना कर्मचारी र दुई जना नेपाली सेनाको ज्यान गएको थियो । माथिल्लो तामाकोसीले पहिरोले क्षति गरेको सिभिल, इलेक्ट्रो मेकानिकल लगायतका इक्युपमेन्ट (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी एक अर्ब ८० करोड रुपैयाँको बिमा दाबी गरेको थियो । तामाकोसीको प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता छ । तामाकोसीले देशभर हिउँदको समयमा नेपाल विद्युत् प्राधिकरणलाई माग अनुसारको विद्युत् उत्पादन गरेर लोड व्यवस्थापन गर्न सहज गर्दै आएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपको रुपमा तामाकोसीलाई चलाउँदै आएको छ । अर्ध जलाशययुक्त प्रकृति ९पीआरओआर० को आयोजना माथिल्लो तामाकोसी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घण्टा पीकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ ।

अपर तामाकोसी हाईड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत् केन्द्रको हिउँदको समयमा पूर्ण क्षमता ६ घण्टा पुर्‍याउन रोल्वालिङ खोलाको पानी डाईभर्सन गर्ने नयाँ आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट थप २२ मेगावाट विद्युत् उत्पादन हुने छ । विद्युत् उत्पादनपछि सोही आयोजनाको पानी तामाकोसी जलविद्युत् केन्द्रको बाँधस्थलमा झारिने छ ।