‘दोस्रो तिम्बुङ पोखरी ट्रेल रन २०८२’ पत्रकार सम्मेलन
भदौ १३ गते । ताप्लेजुङको कालिखोला र पाँचथरको फलैचामा पर्ने तिम्बुङ पोखरीको प्रचार प्रसारका लागि ‘दोस्रो तिम्बुङ पोखरी ट्रेल रन २०८२’ हुने भएको छ । भदौ २२ देखि २६ गतेसम्म प्रतियोगीता हुने भएको छ । भदौ २६ गते विहान दौड प्रतियोगीता हुने भएको छ । खुल्ला (पुरुष महिला),महिला र स्थानियका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने भएको छ । दौडका लागि १५ किलोमिटर दुरी तय गरिएको छ । खुल्लातर्फ प्रथम पुरस्कार ५० हजार,दोश्रो ३५ हजार तेश्रो पुरस्कार २० हजार छ । यसैगरि महिलातर्फ प्रथम हुनेलाई मात्र २५ हजार प्रदान गरिने भएको छ । सिदिङमा गाउँपालिकाभित्रकाबिच हुने प्रस्तिपर्धामा प्रथम हुनेलाई मात्र १५ हजार प्रदान गरिने भएको छ ।
इन्ट्री शुल्क १ हजार तोकिएको छ । इन्ट्री गर्ने म्याद भदौ २५ गते बेलुकीसम्म खुल्ला छ । तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष याम वहादुर वानियाँ नेतृत्वको टोलीले विभिन्न उपसमिति चयन गरेर कार्यक्रम तयारी तिब्र बनाएको छ । कार्यक्रम संयोजक अमिर राईकाअनुसार १६ लाख हाराहारी खर्च हुने अुनमान छ । सिदिङ्वा गाउँपालिकाले ११ लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटन कार्यालय काकडभिट्टाले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । राईले भने,‘तिम्बुङ पोखरी धार्मिक र पर्यटकीयस्थलले महत्वपुर्ण छ । त्यही भएर सिजनकै बेला प्रतियोगीता आयोजना गरेका हौ ।’ तिम्बुङ पोखरी क्षेत्र ४ हजार ३ सय मिटर उचाईमा पर्छ । गत वर्ष करिब ३ हजार नेपालीले तिम्बुङ पोखरी घुमफिर गरेको अनुमान छ ।