setoveda logo
४ वैशाख २०८३, शुक्रवार

तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ताप्लेजुङको तदर्थ समिति गठन

वैशाख ३०, २०८२, मङ्गलवार

बैसाख २८ गते । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ताप्लेजुङ जिल्ला कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार फुङलिङ नगरपालिका ४ उकाली पानी स्थित तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यलयको भवनमा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अनुगम तथा निर्देशन सदस्य दिलिप गुरुङ , कोशी प्रदेश उपाध्यक्ष मोहन गुरुङ लगायतले सहजीकरण गरेका थिए । नव गठित तदर्थ समितिको संयोजकमा जिल्लाका पूर्व अध्यक्ष एमवी लामा गुरुङ लाई राखिएको छ भने सहसंयोजकमा गंगाराम गुरुङ लाई राखिएको छ ।

त्यस्तै सदस्यहरुमा क्रमश हलिकादेवि गुरुङ , मान बहादुर गुरुङ, याम बहादुर गुरुङ, हेम कला गुरुङ, बसन्ती गुरुङ , पदमा देवि गुरुङ, भणि राज गुरुङ , हर्कराज गुरुङ , भगीमाया गुरुङ , चन्द्र बहादुर गुरुङ , डम्बर बहादुर गुरुङ , लक्ष्मी प्रसाद गुरुङ , पूर्ण गुरुङ , कृष्ण गुरुङ , राजन कुमार गुरुङ , नारायण गुरुङ, विनोद गुरुङ , डिल्ली गुरुङ , सविन गुरुङ, दुर्गा गुरुङ, उमा गुरुङ, फूलमाया गुरुङ लाई राखिएको छ ।

जिल्लाको पूरानो समितिको अधिवेशन गर्ने अवधि सकिएकाले यस भेलाले तदर्थ समिति गठन गरेको हो । उक्त तदर्थ समितिले आगामी ६ महिना भित्र जिल्लाको नयाँ कार्यसमिती चयन गर्ने प्रतिवद्धता जनाएको तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङले जानकारी दिनुभयो ।