नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्धारा आयोजित तालिम
जेठ २३ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्धारा आयोजित कार्यक्रममा पत्रकार सहारा लिम्बुले भनिन्,‘समाचार त लेख्थ्यौ । तर विज्ञानसँग जोडेर लेख्ने सिपको अभाव थियो ।’ रेडियो काबेली र गोरखापत्र दैनिकमा आबद्ध लङवाले १० वर्षयता पहिलो पटक विज्ञानसँग जोडेर समाचार लेख्ने तालिम लिएको अनुभव सुनाईन् । उनले थपिन्,‘विज्ञानसँग सम्बन्धित विषय गहिरो लाग्थ्यो । तर बल्ल थाहा भयो । लेख्ने शैलीको विकास गरे त्यति गाह्रो नहुँदोरै’छ ।’ पत्रकार किरण गर्दाइलीले ३ दिने (जेठ २१–२३ गते) तालिममा सिकेको सिप व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाए । रेडियो ताप्लेजुङको समाचार शाखामा कार्यरत गदाईलीले तालिम अनुभव सुनाउँदै थपे,‘विज्ञानसँग जोडेर समाचार लेख्ने बानीको विकास पटक्कै थिएन् । सायद भेउ नपाएरै लेख्ने वानी नभएको हुनसक्छ ।’
नेपाल पत्रकार महासँघ जिल्ला अध्यक्ष आचार्यले नास्टलाई धन्यबाद दिदै
नेपाल पत्रकार महासँघ जिल्ला अध्यक्षस आचार्यले नास्टले संञ्चालन गरेको तालिमप्रति आभार प्रकट गरे । अध्यक्ष आचार्यले भने,‘जिल्लामा हुने पत्रकारले सबै विधामा रिर्पोटिङ गर्नुपर्छ । त्यही भएर विद्यागत उत्कृष्ट रिर्पोटिङ गर्न चुकेका छौ ।’ हरेक विधामा समाचार लेख्नुपर्ने मोफसलका पत्रकारको बाध्यता छ । राष्ट्रिय स्तरका क बर्गका अधिकाँश मिडिया हाउसमा विज्ञान विटमा मात्र समाचार लेख्ने शाखाको अभाव छ । अढाई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार आनन्द गौतमले जिल्लामा पत्रकारीताको सुरुवातबारे जानकारी दिए । पत्रकार गौतमले विगत र वर्तमान अवस्थाबारे पत्रकारिताको विषय समावेश गरेका थिए । रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियालीले विज्ञानसँग सम्बन्धित समाचार लेखनमा समस्या हुँदा सम्पर्क गर्न चाहेको खण्डमा उपलब्ध भईदिन अनुरोध गरिन् ।
तालिम पश्चात सामुहिक तस्बिर खिच्दै
डा. भोजराज पन्त,गोविन्द पोखरेल र दीपक अधिकारीले तालिम सहजीकरण गरे । जैविक विधिधता,प्रकोप,फ्याक्ट चेकिङ र विज्ञानसँग जोडेर समाचार लेखन सम्बन्धि विषय तालिममा समावेश थियो । प्रशिक्षक पोखरेलले भने,‘ऐन,कानुन र नियमावली पनि अध्यन गर्नुपर्छ । ताकी समाचारको खुराक स्ट्रङ बनाउन संम्भव हुन्छ ।’ मेवाखोला हिल रिसोर्टमा आयोजित तालिममा दुई दर्जन बढि पत्रकारको सहभागीता थियो ।