तेल्लोक स्र्पोटिङ क्लब र रेडहर्स एफ सि इलाम भिड्दै
मंसिर २३ गते । जिल्लाको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा ‘अन्तराष्ट्रियआमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला २०८२’ सोमबारदेखि सुरु हुँदैछ । तेल्लोक स्र्पोटिङ क्लबको आयोजनामा आयोजित पाँचौ संस्करणको गोल्डकपको उद्घाटन खेलमा आयोजक र रेडहर्स एफ सि इलाम भिड्दैछन् । खेल दिउँसो २ बजे सुरु हुने अध्यक्ष अर्जून भट्टराईले जानकारी दिए । आयोजक टिममा गाउँपालिका र जिल्लाभित्रका खेलाडीलाई मात्र समावेश गरेको छ । इलामको आइतबार नै तेल्लोक आइपुगेको छ ।
किँरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपी, र याक्थुङ संस्कृतिको प्रणेता सिरिजङ्गासिंह थेबे तस्बिरसहित पुरस्कार
तेल्लोकस्थित खेलमैदान
गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले प्रतियोगीताको उद्घाटन गर्ने भएका छन् । उद्घाटनमा च्याब्रुङ सहित नृत्य समावेश गरिएको अध्यक्ष भट्टराईले बताए । प्रथम पुरस्कार ३ लाख ३ सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ५० हजार तीन सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि विद्यागत पुरस्कार समावेश गरिएको छ ।
तेल्लोक गोल्डकप
प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई २ हजार प्रदान गरिने भएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेण्डर र मिडफिल्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । करिब ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगीतामा ८ टिमको सहभागीता छ । फाइनल खेल मंसिर २९ गते तय गरिएको छ ।
खेल तालिका
फाइनल सकिएलगत्तै सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ । चर्चित गायिका मेलिना राई र जुनु प्रसाईले प्रस्तुती दिनेछन् । चर्चित गायक प्रताप दास र स्थानिय कलाकारहरु रविन लेछर्बो,गोविन्द चेम्जोङ लिम्बु,अन्जना नाल्बोको प्रस्तुती हुनेछ ।
तेल्लोकमा सांस्कृतिक कार्यक्रममा सहभागी कलाकार विवरण
किँरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपी, र याक्थुङ संस्कृतिको प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर गोल्डकप र मेला आयोजना गरेको हो । इ.संं. १७०४ मंसिर २९ गते पुर्णिमाका दिन त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको हो । तेल्लोक स्र्पोटिङ क्लबको अगुवाई र तेअङ्सी सिरिजङ्गा स्मृती संस्थाको संरक्षकत्वमा सुरु भएको हो । खेलकुद र मेलामार्फत गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्रतियोगीताको मुख्य उदेश्य हो । प्रतियोगीता ‘काउनडाउन’ मा गाउँपालिकाभित्र रहेका धार्मिक,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको फोटो समावेश गरेको छ ।
प्रतियोगीता काउनडाउनमा केन्जो ।