जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा प्रकाशित मृत फेला परेको सुचना
चैत १६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित अपर तमोर हाइड्रोपावरमा कार्यरत तेह्रथुमका यमराज लिम्बु गत फागुन ८ गते घर जान्छु भनि कम्पनीबाट निस्किए । तर ४० वर्षीय लिम्बु घर विदामा गएपनि फागुन अन्तिमसम्म नफर्किएपछि जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि चैत १ गते निवेदन दिए । प्रहरीले खोजतलास गर्ने क्रममा अन्ततः लिम्बुलाई मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक जटाशंकर यादबले जानकारी दिए । फक्ताङलुङ गाउँपालिका–२ मेथेन खोलामा चैत १५ गते घोप्टो परेको अवस्थामा सव सडेगलेको फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यादवले बताए । प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतकको बायाँ हातमा ‘ओम’ लेखिएको ट्याटुबाट सव पहिचान भएको हो । यादबले भने,‘जिल्ला अस्पतालमा सव पोस्टमार्टमको काम सोमबार हुँदैछ । पोस्टमार्टम पश्चात आफन्तलाई सव जिम्मा दिन्छौ ।’ यद्यपी प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।