फागुन १८ गते । जिल्लाको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा शनिबार सम्पन्न महिला फुटबल प्रतियोगीताको उपाधि मेन्छयायेम गाउँपालिका तेह्रथुमले जितेको छ । तेह्रथमुले मेरिङदेन गाउँपालिकालाई पराजित गरेको हो । दुवै टिमले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए ।
टाइब्रेकरमा तेह्रथुमले बाजी मारेको हो । टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको आयोजक जलजले क्लव साँघुका सचिव चिरञ्जीबी चोङवाङले जानकारी दिए । विजेताले प्रथम पुरस्कार ८० हजार,ट्रफी र मेडल प्राप्त गरे । प्रमूख अतिथि मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले पुरस्कार प्रदान गरे ।
उपविजेता मेरिङ्देन गाउँपालिकाले ४० हजार सहित ट्रफी र मेडल प्राप्त गर्यो । महिलातर्फको प्रथम पुरस्कार साँघु समाज दक्षिण कोरियाले सौजन्य गरेको हो । चन्द्र कुमार कुरुम्बाङ,श्रीमती शान्ति फागो चोङवाङ कुरुम्बाङ (हङकङ), टीका नारायण जवेगु,श्रीमती देवी फागो चोङवाङ जवेगु,सुनिस जवेगु, र सुम्निमा जवेगु (बेलायत) ले पुरस्कार सौजन्य गरेका हुन् ।
प्रतियोगीतामा ७ टिमको सहभागीता थियो । आयोजक जलजले क्लब साँघुको आयोजनामा प्रतियोगीता फागुन १३ गतेदेखि सञ्चालन भएको हो । महाशिवरात्री पर्वको अवसरमा साँघुमा वर्षेनी पुरुष तथा महिला फुटबल प्रतियोगीता आयोजना हुने गरेको छ । आयोजक जलजले क्लब साँघुका सचिव चिरञ्जीवी चोङवाङका अनुसार आउँदो वर्ष अझ भव्य रुपमा प्रतियोगीता आयोजनाको तयारी छ ।