setoveda logo
३ साउन २०८३, आइतवार

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

पुष ७, २०८२, सोमवार
राष्ट्रिय टोली

राष्ट्रिय टोली

पुष ७ गते । भारत र श्रीलंकामा आउँदो माघ २५ गतेदेखि फागुन २४ गतेसम्म आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।

१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।