setoveda logo
२० जेठ २०८३, बुधवार

श्रीमानले खैनी माड्न दिएको आदेश नमान्दा श्रीमतीको पेटमा कैची प्रहारले श्रीमतीको मृत्यू, अनुसन्धान जारी

साउन १३, २०८२, मङ्गलवार
जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ

जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ

साउन १३ गते । साउनको ८ गते । अपरान्हको समय थियो । श्रीमती शान्ति राई कामबाट फर्किएकी थिइन् । पति सञ्जमान लिम्बु कोठामै थिए । एकातिर कामको थकान अर्कोतिर वर्खे झरिले निथ्रुक्क भिजेको शरिर । पानीले भिजेको शरिरले न्यानो खोजेको थियो । त्यही भएर राईले कपडा फेर्ने तयारी गर्न थालिन् । श्रीमानले खैनी दिएर माड्न भनिन् । तर श्रीमतीले हात चिसो भएकाले केहीवेर कुर्न अनुरोध गरिन् । रिसाह स्वभावका श्रीमानले नजिक भएको कैचीले श्रीमतीको पेटमा प्रहार गरे । श्रीमती घाइते भइन् । हतार-हतार श्रीमानले श्रीमतीको कपडाले पेट छोप्न कोसिस गरे । घरधनी र छिमेकी कसैले थाहा नपाउनेगरि जिल्ला अस्पताल पुर्याए । अस्पतालमा सोधपुछ भए रडले पेटमा घोचेको जवाफ दिन श्रीमतीलाई दवाव दिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन ८ गते घाइते श्रीमतीको घाउ सिलाएपछि डेरामा लगेका थिए । तर स्वास्थ्यमा सुधार नभई दिसा पिसाबसमेत बन्द भएपछि भोलीपल्ट फेरि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । मृतक श्रीमतीको यौनाङ्गभन्दा माथि कैंचीले प्रहार गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको गौतमले बताएका छन् । प्रहरीले पाएको सूचना र सञ्जमानका बहिनी ज्वाईं समेतबाट उनले श्रीमतीको ज्यान लिएको भन्ने खुल्न आएकाले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । प्रहरीले निकै मसिनो गरि अध्यन गर्यो । अन्ततः प्रहरी घटना नजिक पुग्यो । प्रहरी अनुसन्धान कति बलियो हुन्छ भन्ने प्रमाण पनि हो । डीएसपी गौतमका अनुसार प्रहरीले निकै सुक्ष्म तरिकाले अध्यन गरेर आरोपितलाई पक्राउ गर्न सफल भयो ।

३२ वर्षीय सञ्जमानले २०७५/७६ सालमा पाँचथरको सिंहपुर बस्ने तामाङ थरकी युवतीसँग पहिलो विवाह गरेका थिए । उनले छोडेपछि २०८१ वैशाखमा तेह्रथुमको खाम्लालुङ बस्ने तीन सन्तानकी आमा शान्तिलाई विवाह गरेर ताप्लेजुङ ल्याएका थिए । फुङलिङ नगरपालिका–११ फावाखोला बस्दै आएका उनीहरू दुई महिनाअघि फुङ्लिङ नगरपालिका–५ उकालीपानीमा बसेर ज्याला मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सञ्जयलाई जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।