setoveda logo
४ वैशाख २०८३, शुक्रवार

१ सय १५औं अन्तराष्ट्रि महिला दिवसः फुङलिङमा महिला फुटबल र डोरी तान्ने प्रतियोगीता

फागुन २४, २०८१, शनिवार

फागुन २४ गते । १ सय १५औं अन्तराष्ट्रि महिला दिवसको अवसरमा शनिबार मैत्रीपूर्ण महिला फुटबलमा प्रतियोगीता भएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा श्री भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल खेल भएको हो । फुङलिङ नगरपालिका ‘ए’ टिमले ‘बी’ टिमलाई पराजित गरेको छ । ‘ए’ टिमले ‘बी’ टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जनप्रतिनिधि र कर्मचारीबिच पनि मैत्री महिला फुटबल खेल भएको छ ।

कुर्सी चोर खेल र डोरी तान्ने प्रतियोगीता समेत समावेश थियो । फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझाका अनुसार यस पटक महिला दिदीबहिनीको सल्लाह अनुसार खेलकुद कार्यक्रम समावेश गरिएको हो । कोशी प्रदेशका सांसद तथा पूर्व मन्त्री तिल कुमार मेन्याङ्बो,नगरप्रमूख अमिर मादेन,प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा लगायत कार्यालय प्रमूख एवंम कर्मचारी र स्थानियको सहभागीता थियो ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।