समाचार सम्प्रेषणका लागि स्थानियले पत्रकार महासँघ सँघ गरेको अनुरोध पत्र ।
साउन २ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निजी क्षेत्रको लगानीबाट निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाको २ सय ८३ मेगावाटको अपर तमोर आयोजनास्थलमा शुक्रबार स्थानियले विरोध कार्यक्रम आयोजना गरेको छ । स्थानियबासीले शुक्रबार दिउँसो १ बजे विरोध कार्यक्रम गर्ने भएको छ । लिङखिम र फुरुम्बु सिस्ने पुच्छरमा कार्यक्रम तय गरिएको संघर्ष समिति संयोजक विरबल लिङ्खिमले जानकारी दिए । उनका अनुसार स्थानियबासीको मात्र विरोध नभएर प्रकृती संरक्षणको विषय हो । सथनियबासीले विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गत असार २३ गते र २७ गते जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि समस्या समाधान हुन सकेन् । जलविद्युत आयोजनाले जमिनमुनी सुरुङ खनेर पानीको मुहान सुकाउने र बाढि पहिरो जाने समस्या ल्याएकाले स्थानिय आन्दोलित भएका हुन् । लिम्बु समुदायको मुन्धुमी क्षेत्र भएकाले उक्त स्थान नष्ट गर्न नहुने स्थानियको तर्क छ । स्थानियको निरन्तरको विरोधका बावजुद आयोजनाले पेलेर लैजाने रणनीति लिएको छ । जुन आफैमा घातक छ । अधिकाँशको बुझाई छ,- आयोजना सहि ठाउँमा हो वा होइन अनि लिम्बु समुदायको मुन्धुमीस्थल अतिक्रमण हुन्छ वा हुँदैन गंभिर अध्यन भएकै छैन् ।