उद्घाटन गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्ले ।
भदौ १२ गते । विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय बेडको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ । महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण गरिएको यो भवनको उद्घाटन मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरे ।
मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटल
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपीक स्त्रीतथा प्रसूति केन्द्रको रुपमा रहेको यस अस्पतालमा अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका छन् । यो नयाँविस्तारसँगै अस्पतालले स्त्रीतथा प्रसूति सेवाकालागिमात्रै ५ वटा अत्याधुनिकशल्यक्रियाकक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू थप गरेको छ । यसले कोशीप्रदेश र आसपासका क्षेत्रकामहिलाहरूकालागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामापहुँच बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी अतिथिहरु
सन् २०१४ मा स्थापनाभएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशीप्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापितभएको छ । स्त्रीतथा प्रसूति जस्तो संवेदनशील सेवालाई थपप्रभावकारी र व्यवस्थित बनाउन हामीले समर्पित भवन र अत्याधुनिक उपकरणसहितको सेवाविस्तार गरेको अस्पतालका अध्यक्षतथाप्रोफेसरडा. ज्ञानेन्द्र मानसिंह कार्की बताए । उनले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षितउपचार प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अस्पतालमा १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ, जसमा स्त्रीतथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीहरूलाई २४ सै घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ ।
कार्यक्रममा सहभागी
नवनिर्मित गाइनो वार्डको उद्घाटन गर्दै प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयका उपकुलपतिप्रा.डा. अच्युत प्रसाद वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवाप्रदान गरेर स्वास्थ्य क्षेत्रमाउदाहरणीय काम गरेको बताए । ‘विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ । आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरतादिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने । कार्यक्रमको अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा अध्ययनरत विद्यार्थीहरूका लागि प्रा.डा. वाग्लेसँग एक अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्तकार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएकाअवसर र चुनौतीहरूका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।
सोहीकार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्र मानसिंह कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । उनले यसलाई ’१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिँदै भने, ‘निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ । राज्यले १० वर्षअघि नै गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य पक्ष हो ।’ उनले यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने धारणा राखे ।
यसका साथै, अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधाप्रदान गर्नेछ ।