setoveda logo
२१ जेठ २०८३, बिहिवार

स्वास्थ्य संस्था पुर्‍याएर सुत्केरी गराए महिला स्वास्थ्य स्वयंसेविकालाई एक हजार

असार ९, २०८२, सोमवार
मैवाखोला गाउपालिका उपाध्यक्ष कमल कुमारी लिम्बू

मैवाखोला गाउपालिका उपाध्यक्ष कमल कुमारी लिम्बू

असार ९ गते । जिल्लाको मैवाखोला गाउपालिकाले गर्भवति महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याएर सुत्केरी गराउन समन्वय र सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रति गर्भवती एक हजारका दरले प्रोत्साहन रकम दिने भएको छ। आ.ब.२०८२/८३ को बजेट विवरण सोमबार सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बूले यसका लागि एक लाख रुपैया छुट्याएका हुन्। ६ वटा वडा रहेको गाउँपालिकामा एक आर्थिक वर्षमा एक सय जना सुत्केरी हुने अनुमान गरेको छ । स्वास्थ्यकर्मि घर घरमा गएर स्वास्थ्य परिक्षण गर्नका लागि पाँच लाख रुपैयाँ छुट्याइएको छ।

मैवाखोला गाउपालिका अध्यक्ष विजयप्रकाश वनेम

मैवाखोला गाउपालिका अध्यक्ष विजयप्रकाश वनेम

शिक्षा तर्फ प्रधानाध्यापकाकलाई माशिक भत्ता, उत्कृष्ट प्रधानाध्यापक र शिक्षक पुरस्कारका लागि ४ लाख ५० हजार छुट्याइएको छ । प्रधानाध्यापकलाई मासिक एक हजारका दरले छुट्याइएको छ । कक्षा ११ र १२ का विद्यार्थीलाई पाठयपुस्तक गाउँपालिकाले उपलब्ध गराउने भएको छ । यो गाउँपालिकाले विद्यालयस्तरमा खेल सञ्चालनका लागि ५७ लाख रुपैयाँ बिनियोजन गरेको छ । विद्यालय स्तरवाट खेलाडी उत्पादन गर्न फुटबल, भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी र एथलेटिक्स को प्रशिक्षकका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले ४४ करोड ७१ लाख १६ हजारको बजेट प्रस्ताव गरेको छ । अध्यक्ष विजयप्रकाश वनेमका अनुसार स्थानियबासीको आवश्यकताअनुसार कार्यक्रम समावेश गरेर वजेट विनियोजन गरेको हो ।

मैवाखोला गाउपालिका गाउँसभा

मैवाखोला गाउपालिका गाउँसभा