setoveda logo
४ वैशाख २०८३, शुक्रवार

स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि संसद्‍मा नियमापत्ति

फागुन १२, २०८१, सोमवार

फागुन १२ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि संसद्‍मा नियमापत्ति भएको छ । यही ६ फागुनमा प्रतिनिधिसभामा विशेष समयमा बोल्दा वाग्लेले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गरेका थिए । श्रद्धाञ्जली दिने क्रममा उनले गलत शब्द प्रयोग गरेका थिए । ‘प्रकृति लम्सालको असामयिक निधन भएको’ भनेका उनले प्रकृतिप्रति श्रद्धाञ्जली प्रकट गर्नेक्रममा गलत शब्द प्रयोग गरेका थिए ।

वाग्लेको त्यस्तो अभिव्यक्तिमाथि सोमबार प्रतिनिधिसभामा नियमापत्ति भएको हो । सोमबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वाग्लेले प्रयोग गरेका शब्दप्रति नियमापत्ति गरेका हुन् । त्यस्तो शब्द हटाउन समेत उनले माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले त्यस्तो के भएको रहेछ भनेर हेर्न संसद् सचिवालयलाई निर्देश गरे । गलत भएको रहेछ भने गलत शब्द सच्याउन समेत निर्देश गरे ।

त्यसदिन वाग्लेले दिएको अर्को अभिव्यक्ति पनि विवादित बनेको छ । सांसद वाग्लेले संवैधानिक प्रक्रिया अनुसार राजदूतको जिम्मेवारीमा पुगेकाहरूलाई ‘बोलकबोल र गोजीबाट बनाइएका राजदूतहरू’ भनेका थिए ।