थलङ स्र्पोटिङ क्लब साँवाका अध्यक्ष मणी कुमार थलङ र मिक्वोखला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्कीसहित आयोजक पदाधिकारीहरु ।
मंसिर ८ गते । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवा थलङमा मंसिर १८ गतेदेखि १ लाख ५२ हजार पुरस्कार राशीको पुरुष फुटबल प्रतियोगीता हुने भएको छ । सेभेन साइजको प्रतियोगीताको उपविजेतालाई एक लाख पुरस्कार दिने उक्त प्रतियोगीता दोश्रो संस्करण हो । विजेत र उपविजेतालाई नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र समेत प्रदान गरिने भएको छ । थलङ स्र्पोटिङ क्लब साँवाका अध्यक्ष मणी कुमार थलङका अनुसार याक्थुङ लिम्बु (किँरात) समुदायको उधौली पर्वको अवसरमा प्रतियोगीतासहित सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । प्रतियोगीताको विधागत पुरस्कारअन्तर्गत वेष्ट गोलकिपर,वेष्ट डिफेन्डर,वेष्ट प्लेयर र स्कोररलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गर्ने अध्यक्ष थलङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको पुरस्कार र खेल नियमसहितको विवरण ।
प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही दुई हजार प्रदान गरिने भएको छ । उद्घाटन कार्यक्रममा च्याब्रुङ,धान,पालाम र विजुवा र झाक्री नृत्य समेत समावेश गर्ने भएको छ । खेल मंसिर १९ गतेदेखि मात्र संञ्चालन गरिने राष्ट्रिय रेफ्रि विके थलङले बताए । मंसिर १५ गते ४ बजे खेल तालिका सार्वजनिक गर्ने भएका छन् ।
पत्रकार सम्मेलन