चैत २१ गते । जिल्लाको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गाउँपालिकाको केन्द्रमा रहेको साँवा माविको भवन निर्माणका लागि ४ करोड २९ लाख ११ हजार रुपैयाँको सम्झौता गरेका छन् । काठमाडौ पुगेका अध्यक्ष कार्कीले चैत्र १९ गते भारतीय राजदूतावास सँग सम्झौता गरेका हुन् । कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार यो मध्येको पाँच प्रतिशत अर्थात २१ लाख ४५ हजार रुपैयाँ गाउँपालिकाले ब्यहोर्नु पर्नेछ । भारत सरकारको उच्च प्रभाव युक्त सामुदायिक परियोजना अन्तर्गत सङ्घीय मामिला मन्त्रालय भारतीय दुतावास र गाउँपालिकाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रकमले ३ तलाको १२ कोठा बन्ने सम्झौतामा उल्लेख छ । सम्झौताका लागि गाउँपालिका अध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत विमल गौतम र स्वकीय सचिव थापा काठमाडौ गएका हुन् ।