सदरमुकामभित्र सुगुर खोर हटाउने नगरपालिकाको निर्णयप्रति विरोध जनाउँदै स्थानिय ।
साउन ७ गते । जिल्लाको फुङलिङ नगरपालिकाले नगरपालिकाभित्र अव्यवस्थित रुपमा रहेको सुगुरको खोर हटाउने गरेको निर्णयको विरोधमा बुधबार स्थानिय आन्दोलित भएका छन् । नगरपालिकाको निर्णय तत्काल फिर्ता हुनुपर्ने स्थानियबासीले माग गरेको छन् । जिल्ला प्रशासन कार्यालयमा र्यालीसहित पुगेका स्थानियले सहायक प्रमूख जिल्ला अधिकारी सन्दिपा खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानिय प्रदीप मादेनले भने,‘सुगुर पालन गर्न पाउनु नागरिकको अधिकार हो । नगरपालिकाको निर्णय तत्काल फिर्ता हुनुपर्छ ।’
फुङलिङ नगरपालिकाद्धारा सुगुरको खोर हटाउने प्रकाशित सूचना । सूचना स्थानिय रेडियोबाट प्रसारण भएको थियो ।
नगरप्रमूख अमिर मादेनका अनुसार वातावरण प्रदुशित गरि बस्तीमा रोग निम्त्याउनेगरि सुगुर पालन रोक्न आवश्यक छ । सदुरमुकामभित्र अव्यवस्थित रुपमा पालिएका सुँगुरका खोरबाट आउने दुर्गन्धले मानव स्वास्थ्य खतरामा परेको भन्दै नगरपालिकाबासीले नगरपालिकाको ध्यानआकर्षण गराएको थियो । नगरपालिकाले हटाउने तर स्थानियले हटाउन नहुने अडान लिएकाले कसरी व्यवस्थापन गर्ने भन्ने उपायबारे छलफल हुन जरुरी छ ।