setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सर्विया र रुस पठाइदिने भन्दै चौधरी र दाहालले लिएका थिए ५० लाख, उजुरीपछि पक्राउ

भदौ १६, २०८२, सोमवार

भदौ १७ गते । वैदेशिक रोजगारीका लागि सर्विया र रसिया पठाइदिने भन्दै ५० लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने बारा कोल्हवी नगरपालिका–४ का २६ वर्षीय कार्तिककुमार चौधरी र इलाम नगरपालिका–१ का २८ वर्षीय मनोज दाहाललाई ठगाी अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए

प्रतिकात्मक तस्बिर

प्रतिकात्मक तस्बिर

। पक्राउ परेकामध्ये चौधरीले सर्विया पठाइदिने भन्दै ४२ लाख र दाहालले रसिया पठाइदिने भन्दै आठ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।