सिरीजङ्घा गाउँपालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता खेवाङमा
पुस ९ गते । जिल्लाको सिरीजङ्घा गाउँपालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता खेवाङमा हुने भएको छ । श्री गणेश माध्यमिक विद्यालय खेवाङमा माघ २ गतेदेखि ४ गतेसम्म प्रतियोगीता हुने भएको हो । सिरीजङ्घा गाउँपालिका शिक्षा समितिको मंसिर २८ गतेको निर्णय अनुसार खेवाङमा आयोजना हुने शिक्षा अधिकृत डिल्लीराज खड्काले जानकारी दिए ।
सिरीजङ्घा गाउँपालिका शिक्षा समितिको मंसिर २८ गतेको निर्णय
खेवाङस्थित विद्यालयका शिक्षक विनम मावोका अनुसार प्रतियोगीता तयारीका लागि समय सुविधा भएकाले खेल आयोजना गर्न गाह्रो छैन् । प्रतियोगीता विद्यालय र खेवाङ स्र्पोटिङ क्लवको मैदानमा हुने शिक्षक मावोले जानकारी दिए । ३० वटा स्वर्ण पदकका लागि ९ वटा विद्यालयले प्रतिस्पर्धा गर्नेछ । भलिवल,कवडी,एथलेटिक्स,सटफुट,ज्याभलिङ थ्रो,हाइ जम्प आदि खेल समावेश छन् ।
खेवाङस्थित बस्तीबिचमा रहेको श्री गणेश माध्यमिक विद्यालय