setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिरिजङ्घा गोल्डकप २०८१ः करिब ३ लाख रुपैयाँ बचत

फागुन १७, २०८१, शनिवार

फागुन १७ गते । जिल्लाको सिरिजङ्घा गाँउपालिकाको केन्द्र तेल्लोकमा गत मंसिर २३ देखि २९ गतेसम्म सञ्चालित चौंथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्घा गोण्डकप २०८१ सञ्चालनबाट करिब ३ लाख रुपैयाँ बचत भएको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शनिवार दोस्रो अधिवेसन तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै करिब ३ लाख रुपैयाँ बचत भएको सार्वजनिक गरेको हो । कोषअध्यक्ष दिनेश भट्टराईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार उक्त गोल्डकप सञ्चालन गर्न कुल ३१ लाख १५ हजार ७ सय ६० रुपैया आम्दानी भएको थियो भने २८ लाख २६ हजार ४५ रुपैया खर्च भएको छ।प्रतियोगिता सम्पन्न पश्चात खुदनाफा २ लाख ८९ हजार ७ सय १५ रुपैया भएको कोषअध्यक्ष भटराईले बताए ।

कबोल गरिएका तर, प्राप्त नभएको रकम १ लाख २५ हजार रहेको छ । उक्त रकम प्राप्त भएमा ४ लाख १४ हजार ७ सय ५१ सपैंया क्लबमा बचत हुनेछ । भारतको एकसहित पूर्वका विभिन्न आठ टिम सहभागी रहेको प्रतियोगीताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु २ लाख ५० हजार ५ सय ५५ रुपैया प्राप्त गरेको थियो भने उपविजेता टोलिलाई १ लाख २५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको थियो ।

प्रतियोगिताकै दौरान राष्ट्रिय कलाकारहरुको साथमा संस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो । क्लबका अध्यक्ष अजुर्न भटराईका अनुसार ऐतिहासिक व्यक्तित्व त्ये ओङ्सी थेवेको स्मृतिमा सञ्चालन हुँदै आएको गोल्डकपलाई यो वर्ष सिरिजङ्घा मेलाको रूपमा विभिन्न कार्यक्रमहरुसमेत समावेश गरेको थियो ।