setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिरीजङगा गाउँपालिकाद्धारा उत्कृष्ट किसान र कर्मचारी पुरस्कृत

असार २७, २०८२, शुक्रवार
सिरीजङगा गाउँपालिकाले पुरस्कृत गरेपश्चात सामूहिक तस्बिर खिचाउँदै ।

सिरीजङगा गाउँपालिकाले पुरस्कृत गरेपश्चात सामूहिक तस्बिर खिचाउँदै ।

असार २७ गते । जिल्लाको सिरीजङ्घा गाउँपालिकाको विहिबार सम्पन्न १७ औ गाउँसभा अधिवेसनको दोस्रो बैठकले उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयको काम अह्राएर मात्र होइन, मन पराएर पनि गर्नेू संस्कार बसाउन गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु मध्येबाट चालु आ.व.२०८१।८२ मा उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई मुल्याङ्कन गरी सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

सिरीजङगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान पुरस्कार प्रदान गर्दै ।

सिरीजङगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान पुरस्कार प्रदान गर्दै ।

को-को पुरस्कृत भए ?

कर्मचारीहरुको तर्फबाट सिरीजङ्घा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक श्री संजिव सिंह ,वडा नं ७ खेवाङमा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक श्री अरुण परियार, आम्बेगुदिन स्वास्थ्य कार्यालयमा कार्यरत अ.न.मी. निर्मला थेवे, सिरीजङ्घा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द खवास,सिनाम स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगी तारा सार्की लाई र विद्यालयको तर्फबाट तेल्लोक मा.वि. की मा.वि. तृतिय चन्द्रकला पालुङ्वा, आम्बेगुदिन मा.वि. का नि.मा. द्धितीय दिपक भट्टराई तथा सिनाम मा.वि. का प्रा.वि. द्धितीय सकुमार लिम्बु । पुरस्कृत भएकालाइ खाईपाई आएको एक महिनाको सुरु तलब स्केलको नगत सहित पुरस्कृत गरिएको छ ।

किसानतर्फ को-को भए पुरस्कृत ?

उत्कृष्ट किसान, सिरीजङ्घाको शान भन्ने संस्कार बसाउन सिरीजङ्घा गाउँपालिका भित्रका सम्पुर्ण वडा मध्येबाट उत्कृष्ट कृषकलाई पनि नगद रकम सहित सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सिरीजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको लुङ्थुङ भेडापालन फार्म र सिरीजङ्घा गाउँपालिका वडा नं ३ मा रहेको साङ्मागु एकिकृत कृषि फार्मलाई नगद रु ५० हजारका दरले पुरस्कृत गरिएको छ । यसैबिच २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका रत्न कुमार जोगीले अवकाश पाएका छन् । अवकासपछिको सुखमय जीवनको शुभकामना साथ सम्मान पत्र प्रदान गरिएको अध्यक्ष लालकृष्ण चौहानले बताए ।