मरिक एफसी धरान
मंसिर २९ गते । जिल्लाको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा सम्पन्न ‘अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला २०८२’ को उपाधि मरिक एफसी धरानले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा न्यू स्टार क्लब झापालाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
न्यू स्टार क्लब झापा
धरानका लागि विदेशी खेलाडी नानाले २ गोल गरे । नाना म्यान अफ दि म्याच घोषित भए । नगद २ हजार ५ सय पुरस्कार प्राप्त गरे । अर्का विदेशी खेलाडी फोफोनले १ गोल गरे । झापाका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले १ गोल गरे । धरानले प्रथम पुरस्कार ३ लाख ३ सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता झापाले १ लाख ५० हजार तीन सय २१ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रमूख अतिथि सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान
विजेता र उपविजेता टिमलाई प्रमूख अतिथि सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डा. चित्र माबो,जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार माबो (गणेश) र आयोजक समिति अध्यक्ष अर्जुन भट्टराई लगायत अतिथिहरुले पुरस्कार प्रदान गरे ।
प्रमूख अतिथिद्धारा मुख्य रेफ्रिलाई बल हस्तान्तरण गर्दै ।
यसैगरि विद्यागत पुरस्कार तर्फ धरानका सुशिल राई सर्वोत्कृष्ट खेलाडी बनेँ । राईले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
सुशिल राई सर्वोत्कृष्ट खेलाडी
सर्वाधिक गोलकर्ता धरानकै फोफोना बने उनले ४ गोल गरे । धरानका गोलरक्षक निशाान मगर,धरानका डिफेण्डर राजु मगर,वेस्ट मिडफिल्डर झापाका निकेश श्रेष्ठ लाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
विधागत पुरस्कार सौजन्यकर्ता तेल्लोकका व्यवसायी कुल वहादुर भण्डारीमार्फत पुरस्कार ग्रहण गर्दै म्यान अफ दि म्याच घोषित नाना ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार माबो (गणेश) धरानका वेस्ट गोलकिपर निशान मगरलाई पुरस्कार प्रदान गर्दै ।
सर्वाधिक गोलकर्ता धरानकै फोफोना
झापाका प्रशिक्षक आफ्ना खेलाडीको पुरस्कार ग्रहणगर्दै ।
प्रतियोगीतामा ८ टिमको सहभागीता थियो । मंसिर २३ गतेदेखि खेल सुरु भएको हो । फाइनल सकिएलगत्तै सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । चर्चित गायिका मेलिना राई र जुनु प्रसाईले प्रस्तुती दिए । चर्चित गायक प्रताप दास र स्थानिय कलाकारहरु रविन लेछर्बो,गोविन्द चेम्जोङ लिम्बु,अन्जना नाल्बोको प्रस्तुती समावेश थियो ।
फाइनल खेलका मुख्य रेफ्रि विके थलङ आयोजक अध्यक्ष अर्जन भटराईमार्फत मायाको चिनो ग्रहण गर्दै ।
फाइनल खेलका मुख्य रेफ्रि विके थलङ आयोजक अध्यक्ष अर्जन भटराईमार्फत मायाको चिनो ग्रहण गर्दै ।
फाइनल खेलका मुख्य रेफ्रि विके थलङ आयोजक अध्यक्ष अर्जन भटराईमार्फत मायाको चिनो ग्रहण गर्दै ।
फाइनल खेलका मुख्य रेफ्रि विके थलङ आयोजक अध्यक्ष अर्जन भटराईमार्फत मायाको चिनो ग्रहण गर्दै ।
किँरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपी, र याक्थुङ संस्कृतिको प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर गोल्डकप र मेला आयोजना गरेको हो । इ.संं. १७०४ मंसिर २९ गते पुर्णिमाका दिन त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको हो । तेल्लोक स्र्पोटिङ क्लबको अगुवाई र तेअङ्सी सिरिजङ्गा स्मृती संस्थाको संरक्षकत्वमा सुरु भएको हो । खेलकुद र मेलामार्फत गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्रतियोगीताको मुख्य उदेश्य हो । प्रतियोगीता ‘काउनडाउन’ मा गाउँपालिकाभित्र रहेका धार्मिक,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको फोटो समावेश गरेको छ ।
किँरात लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपी, र याक्थुङ संस्कृतिको प्रणेता सिरिजङ्गासिंह थेबे