setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिरहासँग पाँचथर ६ गोलले स्तब्ध

साउन २७, २०८२, मङ्गलवार
सहलेस क्लब सिरहा

सहलेस क्लब सिरहा

साउन २७ गते । सहलेस क्लब सिरहाले मंगलबारको खेलमा फिदिम स्र्पोटिङ क्लब पाँचथरलाई ६–० गोलले पराजित गरेको छ । ताप्लेजुङ गोल्डकप तेश्रो संस्करणअन्तर्गतको खेलमा पहिलो हाफमा ४ र दोश्रो हाफमा २ गोल भएको हो । खेलको पाँचौ मिनेटमा सिरहाका साडिया एडमले पहिलो गोल गरे । ३५औं मिनेटमा सुजित बुढाथोकीले फ्रिकिकमार्फत सुन्दर गोल गरे । ३७औं मिनेटमा युसुफ मलिकले अर्को गोल थपे । ४२औं मिनेटमा फिदिमका डिफेन्डरले बल क्लियर गर्न नसक्दा आत्मघाती गोल भयो । पाँचथर पहिलो हाफमा ४ गोलले पछि पर्यो । पाँचथरले सुरुवाती १५ मिनेट निकै मेहनतका साथ खेलेको थियो ।

फिदिम स्र्पोटिङ क्लब पाँचथर

फिदिम स्र्पोटिङ क्लब पाँचथर

दोश्रो हाफ अर्थात खेलको ६६औं मिनेटमा मलिकले अर्को गोल गरे । उनको यो दोश्रो गोल थियो । ८०औं मिनेटमा मोहित गुरुङले फेरि गोल गरे । प्रतियोगीतामा सबैभन्दा बढि गोल भएको खेल सिरहा र पाँचथरबिचको खेल बन्यो । म्यान अफ दि म्याच मलिक घोषित भए । उनले नगद ७ हजार ट्रफी र मेडल प्राप्त गरे । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले पुरस्कार प्रदान गरे ।

म्यान अफ दि म्याच घोषित युसुफ मलिकलाई पुरस्कार वितरण गर्दै कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

म्यान अफ दि म्याच घोषित युसुफ मलिकलाई पुरस्कार वितरण गर्दै कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम