setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

मंसिर २७, २०८२, शनिवार

मंसिर २७ गते । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ (ईयू) मा सामेल हुन सक्ने सम्भावना बढेको छ । युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार एक वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ईयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्य देशको सर्वसम्मत मत आवश्यक पर्छ । तर केही देशहरूले युक्रेनलाई समावेश नगर्न आवाज उठाउँदै आएका छन् । त्यसमा पनि विशेष गरी हङ्गेरीले असहमति जनाएको छ ।

अमेरिकी राष्टपतिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

अमेरिकी राष्टपतिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउन अमेरिका प्रयासरत रहेको पाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युक्रेनले लामो समयदेखि युरोपेली सङ्घको सदस्यताका लागि प्रयास गरिरहेको छ । रूस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको पछिल्लो प्रस्तावमा युक्रेनले रूसलाई केही भूमि सुम्पिने उल्लेख छ ।