समानुपातिक
फागुन २७ गते । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपाले० ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा ९एमाले० ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले ८ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।
यो विवरणअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यस पटक प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन् भने समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना सकिएको छ ।