लिजेण्ड फुटबल एकेडेमी सिलिगुढी भारत र चर्च व्वाईज क्लब ललितपुर
साउन २६ गते । लिजेण्ड फुटबल एकेडेमी सिलिगुढी भारत र चर्च व्वाईज क्लब ललितपुरबिच सोमबार खेल हुँदैछ । सिलिगुढी र ललितपुर हुने खेल तेश्रो क्वाटरफाइनल खेल हो । खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा संञ्चालन समिति कोषअध्यक्ष दावा शेर्पाले बताए । दुवै टिमबिच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । पहिलो दिन ३ः५५ बजे र दोश्रो दिन ३ः३४ बजेदेखि खेल सुरु भएको थियो । टिकट दर क्वाटरफाइनलसम्म एक सय रुपैयाँ छ । सेमिफाइनल दूई सय र फाइनलमा २ सय ५० रुपैयाँ छ । जेष्ठ नागरिक,१० वर्ष मुनिका बालबालिका र फरक क्षमता भएका तथा परिचयपत्र भएकालाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । पहिलो खेलमा द योङ ब्रदर्श यूवा क्लब इटहरीले तेल्लोक स्र्पोटिङ क्लबलाई २–१ ले पराजित गर्यो । दोश्रो खेलमा जोया रेडस्टार क्लब झापाले सहारा क्लब पोखरालाई २–० गोलले पराजित गरेको थियो ।