setoveda logo
२१ जेठ २०८३, बिहिवार

सुकेटारमा सम्पन्त्र छैटौ बज्रगुरु मन्त्रजपमा ३४ लाख ४६ हजार ५ सय ७३ रुपैयाँ बचत

जेठ २१, २०८२, बुधवार
ताप्लेजुङ मन्त्र जप कार्यक्रम आयोजक समितिद्धारा सार्वजनिक आयव्यय 

ताप्लेजुङ मन्त्र जप कार्यक्रम आयोजक समितिद्धारा सार्वजनिक आयव्यय 

ताप्लेजुङको सुकेटारमा सम्पन्न छैटौ बज्रगुरु मन्त्रजप कार्यक्रम २०८१ मा ३४ लाख ४६ हजार ५ सय ७३ रुपैयाँ बचत भएको छ । बचत रकम गतवर्षको सहित हो । कार्यक्रममा ५५ लाख २१ हजार ३ सय ३५ रुपैयाँ संकलन भएको थियो । कार्यक्रममा २० लाख ७४ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलन तस्बिर

पत्रकार सम्मेलन तस्बिर

ताप्लेजुङ मन्त्र जप कार्यक्रम आयोजक समिति सदस्य सचिव पासाङरीता शेर्पाका अनुसार प्रत्येक वर्ष सञ्चालन भएको कार्यक्रमबाट बचत हुँदै आएको छ । आयोजक समितिले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो । कार्यक्रम गत चैत २३,२४ र २५ गते भएको थियो ।

सुकेटारमा गत चैतमा भएको कार्यक्रम तस्बिर

सुकेटारमा गत चैतमा भएको कार्यक्रम तस्बिर