setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सिकैचाका विद्यार्थीको ‘स्नो ल्योपार्ड नेचर टुर’

मंसिर ९, २०८२, मङ्गलवार
सिकैचास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु ‘स्नो ल्योपार्ड नेचर टुर’ मा ।

सिकैचास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु ‘स्नो ल्योपार्ड नेचर टुर’ मा ।

मंसिर ९ गते । विश्वमै दुर्लभ वन्यजन्तु हो, हिउँ चितुवा । नेपालसहित विश्वका १२ वटा देशमा मात्र हिउँ चितुवा पाइन्छ । हिउँ चितुवा सम्बन्धि पाठ्यपुस्तक ताप्लेजुङ र मुस्ताङका एक दर्जन विद्यालयमा पठनपाठन हुन्छ । ताप्लेजुङको तापेथोक,सावादिन,घुन्सा,मिक्वाखोला गाउँपालिकाको पापुङ र साँवा तथा सिरीजङगा गाउँपालिकाको सिकैचामा पठनपाठन हुन्छ । कक्षा–६,७ र ८ मा पठनपाठन हुन्छ । भाग १,२ र ३ पुस्तक प्रकाशन गरिएको छ । समुदायमा आधारित हिउँ चितुवा संरक्षणका लागि पुस्तक तयार गरेको हो ।

सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी 

सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी 

सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयका एक दर्जन विद्यार्थी गत मंसिर ६ गते ‘स्नो ल्योपार्ड नेचर टुर’ कार्यक्रममा निस्किए । उनीहरु सिकैचाकै तोरीबारी भन्ने ठाउँमा पुगे । विद्यार्थीसँगै थिए,–टेका समूह नेपालका अर्जुन आचार्य । मुस्ताङबाट आएका नागरिक वैज्ञानिक मिलन विक पनि । विद्यालयका विषय शिक्षक योगेन्द्र दाहालका अनुसार वर्षमा एक दिन विद्यार्थीहरुलाई ‘स्नो ल्योपार्ड नेचर टुर’ मा समावेश गर्ने गरिएको छ । ‘स्नो ल्योपार्ड नेचर टुर’ कार्यक्रममा विद्यार्थीले कक्षाकोठामा पढेका विषय फिल्डमा सिक्छन् । जस्तैः क्यामेरा ट्रयाप,जीपीएस,म्याप आदि ।

‘स्नो ल्योपार्ड नेचर टुर’ मा म्यापको विषयमा छलफल ।

‘स्नो ल्योपार्ड नेचर टुर’ मा म्यापको विषयमा छलफल ।

टेका समूह नेपालका आचार्यले भने,‘किताबमा पढेको कुरा व्यवहारमा सिक्न जरुरी हुन्छ । त्यही भएर फिल्ड कार्यक्रममा सिकाउने गर्छौ ।’ हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईका अनुसार आवश्यक सामाग्री र खाजा नास्ताको व्यवस्था संस्थाले गर्ने गरेको छ । कार्यक्रम संयोजक राईले भने,‘ताप्लेजुङमा पनि हिउँ चितुवा पाईन्छ । हाम्रो गहना हो । त्यही भएर संरक्षण शिक्षा लागू गर्न विद्यालयमा पठनपाठन गरेका हौ ।’

विद्यार्थीहरु तस्बिर खिच्दै । 

विद्यार्थीहरु तस्बिर खिच्दै ।