setoveda logo
४ वैशाख २०८३, शुक्रवार

सहारा क्लब पोखरा ताप्लेजुङ आउन विहिबार साँझ नाइटबस चढ्दै

साउन २२, २०८२, बिहिवार
सहारा क्लव पोखरा

सहारा क्लव पोखरा

साउन २२ गते । सहारा क्लव पोखरा नेपाली फुटबलमा परिचित नाम हो । जसले फुटबल खेलाडी उत्पादन गर्छ । त्यहीभएर सहारा क्लब पोखरालाई खेलाडी उत्पादन गर्ने कारखाना पनि भनिन्छ । त्यतिमात्र होइन,नेपालकै ठूलोमध्येको एक हो,–आहा रारा पोखरा गोल्डकप । जुन सहारा क्लबले नै हरेक वर्ष आयोजना गर्छ । यो वर्ष २५औं संस्करण गर्ने तयारीमा छ । नेपाली फुटबल क्षेत्रमा परिचित सहारा क्लब पोखरा पहिलो पटक ताप्लेजुङ आउँदैछ । इलाम,झापा र धरानसम्म आएर यो टिमले खेल खेलिसकेको छ ।

प्रशिक्षक सुनिल रानाले सेतोभेडासँग भने,‘यूवा खेलाडीले भरिएको सहारा क्लब पोखराको टिम ताप्लेजुङ आउन विहिवार साँझ नाइटबस चढ्दै छ ।’ उनले हाँस्दै थपे,‘पोखरेलीलाई ताप्लेजुङको मायाको खाँचो छ । आशा छ, त्यो माया मैदानमा पाउनेछौ ।’ पोखरा–धरानसम्म नाइटबस यात्राका लागि साँझ ५ बजेको टिकट छ । नेपाली फुटबल टिमका पुर्व राष्ट्रिय सहायक प्रशिक्षक किरण श्रेष्ठसहितको १९ सदस्यीय टोली पहिलो पटक ताप्लेजुङ यात्रामा छन् । सहारा क्लक कार्य समिति सदस्य समेत रहेका अमरराज भण्डारी साथमा छन् । प्रशिक्षक सुनिल राना र मेनेजर सिद्धान्त थापा टिममा छन् ।

नेपाल पुलिस क्लबका भरत शाह र हेम तामाङ छन् । सहारा एकेडेमीका उत्पादन सन्तोष शाही र भागवत चौधरीसहित अधिकाँश ‘बी डिभिजन लिग’ खेलेका यूवा खेलाडी छन् । हिमालयन शेर्पा क्लबबाट खेलेका टिकाराज गुरुङ छन् । पोखरेली युवा सविन नेपाली र सुमन श्रेष्ठ छन् । सरोज टितु (बाँसबारी क्लब),सचिन गुरुङ (विग्रेड व्वाईज क्लब),आयुष्मान गुरुङ (बाँसबारी क्लब), मन्दिप गुरुङ,निशान श्रेष्ठ –च्यासल यूथ क्बल),मनोज गुरुङ र अमृत कुवर छन् । सहारा क्बल पोखरा भर्सेस रेडस्टार क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ । साउन साउन २५ गतेको खेलमा यी दुईमध्ये कुन टिम विजयी बन्ला ?