सिराहको सहलेश क्लब
रेडस्टार क्लब झापा
साउन २९ गते । विदेशी खेलाडी युसुफ मलिकको प्रेरणादायी खेलमा सिराहको सहलेश क्लब ताप्लेजुङ गोल्डकप २०८२ को फाइनलमा प्रवेश गरेको छ । विहिबार सम्पन्न दोश्रो सेमिफाइनलमा रेडस्टार क्लब झापालाई २ ० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मलिकले १३औं र ४८औं मिनेटमा गोल गरे । खेलको १२औं मिनेटमा झापाका सुरेश कुमालले गोल गरे । तर अफसाइट फ्लाग उठेकाले गोलले मान्यता पाएन् । यद्यपी जोसमा खेलाडीहरु खूसीयाली मनाउन ब्यस्त बने । सिरहा गोल किपर रेम्बो चौधरीले चाँडो गरि लामो पास दिए । त्यो बललाई युसुफले अगाडी बढाए । गोल किपरको दाहिने साइटमा प्रहार गरेको ग्रास बलले जाली चुम्यो । झापाले अफसाइड गोलको खूसीयाली मनाएको क्षणभरमै खास गोलको खूसी सिराहले मनायो ।
अध्यक्ष सागर मादेन म्यान अफ दि म्याच घोषित सिरहाका युसुफ मलिकलाई प्रदान गर्दै ।
खेलको ४८औं मिनेटमा पुनः युसुफले नै अर्को गोल गरे । झापाले खेलमा फर्कने भरभग्दुर प्रयास गर्यो । तर सार्थक हुन सकेन् । अन्ततः झापा पराजित रह्यो । सिरहाले चर्च व्वाईज युनाइटेड ललितपुरसँग उपाधिका लागि भेट पक्का गर्यो । खेलमा म्यान अफ दि म्याच युसुफ घोषित भए । नगद ७ हजारसहित ट्रफी र मेडल प्राप्त गरे । अध्यक्ष सागर मादेन,जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामा र फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले पुरस्कार प्रदान गरे । अघिल्लो खेलमा पनि युसफ नै म्यान अफ दि म्याच बनेका थिए । फिदिम स्र्पोटिङ क्लबलाई ६–० गोलले पराजित गर्दा उनले २ गोलको योगदान गरेका थिए ललितपुरले ट्राइब्रेकरमा द योङ ब्रदर्श क्लब इटहरीलाई ३–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल खेल साउन ३१ गते शनिबार २ः३० बजे हुने लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेनले बताए ।
पानी परेकाले मैदानको केही भाग हिलो बन्यो