setoveda logo
२१ जेठ २०८३, बिहिवार

सहकारी ठगीमा पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

पुष ९, २०८१, मङ्गलवार

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई आज कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले गुरुङ पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘हामीले मीना गुरुङलाई पोखराको घरबाटै नियन्त्रणमा लिएका छौं ।’

आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।