भदौ १३ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ।
साफ यू–१७ च्याम्पियनसिप खेल्न गएका नेपाली खेलाडी
तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ।९ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन्। नेपाल उपाधि होडबाट भने बाहिरिसकेको छ। प्रतियोगितामा आफ्नो चौथो खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो। तेस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ३(० गोलले पराजित भएको थियो।
त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७(० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २(१ गोलले पराजित गरेको थियो। नेपालले अन्तिम खेल भदौ १५ गते भुटानसँग खेल्नेछ।