setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रियललाई हराएर पीएसजी फाइनलमा

असार २६, २०८२, बिहिवार

असार २६ गते । फाबिन रुइजको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार रियल म्याड्रिडमाथि ४–० को शानदार जित रच्दै क्लब वर्ल्डकप २०२५ को फाइनलमा प्रवेश गरेको छ। आइतबार हुने उपाधिको भिडन्तमा अब पीएसजीले चेल्सीको सामना गर्नेछ ।

पेरिस सेन्ट जर्मेन

पेरिस सेन्ट जर्मेन

रुइज र ओसमन डेम्बेलेले खेलको सुरुआती नौ मिनेटभित्र दुई गोल गर्दै खेल पूर्णतः पीएसजीको पक्षमा पारेका थिए । त्यस प्रदर्शनसँगै न्युयोर्कको मेट लाइफ स्टेडियममा आएका ७७ हजार भन्दा बढी दर्शक स्तब्ध बनेका थिए । स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले २४ औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । खेल सकिन तीन मिनेट अगाडि गोन्जालो रामोसले चौथो गोलको औपचारिकता पनि पूरा गरे । फ्रान्सेली टिमका लागि यो सिजन अभुतपूर्व रहेको छ । उसले फ्रान्सेली लिग र कप दुवै जित्दै पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि पनि हात पारेको थियो ।