setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रियल नकआउट चरणतर्फ अग्रसर

असार ९, २०८२, सोमवार

असार ९ गते । दस खेलाडीमा सीमित रियल म्याड्रिडले सोमबार क्लब वर्ल्डकपमा मेक्सिकोको पाचुकालाई ३–१ ले पराजित गरेको छ र यस नतिजासँगै टिम नकआउट चरणतर्फ अग्रसर भएको छ । समूह ‘ए’ मा यो जितपछि रियलको चार अंक भएको छ र शीर्षमा छ ।

जुड बेलिङघम

जुड बेलिङघम

साल्सबर्ग पनि समान चार अंकमा छ । उसले अर्को खेलमा अल हिलालसँग गोलरहित बराबरी खेलेको हो । हिलाल भने दुई अंकमा छ । अब लिग चरणको अन्तिम खेलमा हिलालले पचुका र रियलले साल्सबर्गको सामना गर्नैछ । प्रतियोगितामा पाचुकाको भने चुनौती समाप्त भएको छ ।

रियलका लागि जुड बेलिङघम, आर्डे गुलर र फेडरिको भाल्भेरडेले गोल गरे । समूह ‘जी’ को आइतबार भएको खेलमा भने युभेन्ट्सले वायडाड कासाब्लान्कालाई सजिलै ४–१ ले हरायो । त्यसमा केनन यिल्डिजले दुई गोल गरे र एक अर्को गोलमा अवसर पनि बनाए ।