setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रियल मड्रिडसँग केल्टा भिगो पराजित

वैशाख २२, २०८२, सोमवार

बैसाख २२ गते । स्पेनिस ला लिगामा रियल मड्रिडले केल्टा भिगोलाई पराजित गरेको छ । गए राति भएको खेलमा रियल मड्रिड ३-२ गोलअन्तरले विजयी भएको हो । खेलको ३३औँ मिनेटमा गोल गर्दै अर्डा गुलेरले रियल मड्रिडलाई अग्रता दिलाए । त्यस्तै किलियन एम्बाप्पेले ३९औँ ४८औँ मिनेटमा गोल गरेसँगै रियल मड्रिडले केल्टाभिगोविरुद्ध ३-२ को अग्रता लियो ।

तर, खेलको ६९औँ मिनेटमा केल्टाभिगोका लागि जाभी रोड्रिगेजले गोल गरे । त्यस्तै ७६औँ मिनेटमा विलिट स्वेडवर्गले गोल गरे पनि पराजय टार्न सकेनन् । त्यसपछि कुनै गोल नहुँदा रियल मड्रिड ३-२ गोलअन्तरले विजयी भएको हो । गए राति भएको रियल सोसिडाड र एथ्लेटिक बिलबाओबीचको खेल भने गोलरहीत बराबरीमा सकिएको छ । सेभिल्ला र लेगान्सले २र२ गोलको बराबरी खेल्दा रियल बेटिसले इस्पानियोललाई २(१ गोलअन्तरले पराजित गर्‍यो ।