मंसिर ११ गते । किलियन एमबाप्पेको सनादार प्रदर्शनमा रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगमा ओलिम्पियोकसविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । जर्जियोस काराइस्काकिस रंगशालामा पाहुना टोली रियलका लागि चारै गोल एम्बाप्पेले गरे । ओलिम्पियोकसका लागि चिक्विनहो, मेहदी तारेमी र अयुब एल काबीले एक एक गोल गरे ।
किलियन एमबाप्पे
खेलको आठौँ मिनेटमा चिक्विनहोको गोलमार्फत ओलिम्पियोकसले अग्रता लिएको थियो । तर, एम्बाप्पेले सात मिनेटभित्र ह्याट्रिक पूरा गर्दै रियललाई अगाडि बढाए । उनले २२, २४ र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ५२औँ मिनेटमा तारेमिले ओलिम्पियोकसका लागि दोस्रो गोल गरे । एम्बाप्पेले ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियलको अग्रता ४-२ मा पुग्यो । ८१औँ मिनेटमा एल काबीले गोल गर्दै ओलिम्पियोकसलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन ।