setoveda logo
४ वैशाख २०८३, शुक्रवार

राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि २६ गतेसम्म हुने

पुष ११, २०८२, शुक्रवार
नवौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता 

नवौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता 

पुष ११ गते । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ गतेदेखि शुरू हुने भएको छ । पुस २६ गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पाँच वटा टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लब सहभागी हुने जानकारी दिनुभयो ।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय महिला भलिबलको विजेता टोलीले पाँच लाख, उपविजेता टोलीले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मान गरिने आयोजकले जनाएको छ ।