setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रास्वपाका सभापति लामिछाने र बालेन शाहबीच भेटवार्ता स् सहकार्यका विषयमा छलफल

पुष ८, २०८२, मङ्गलवार

पुष ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाण्डौको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह

गएराति अबेरसम्म ६ घण्टा भएको छलफल चुनावी तालमेलसहित सहकार्यको विषयमा केन्द्रित थियो । आउँदो चुनावअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने गरी लामिछाने र बालेन शाहबीच छलफल अघि बढेको हो । उहाँहरुलाई एउटै गाडीमा बिदा गरेपछि असिम शाहले फेसबुकमा ‘अन्ततः कथाको सुखद शुरुआत भएको’ उल्लेख गर्नुभएको छ ।

रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछानेले अदातलको आदेशबाट रिहा भएलगत्तै राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाउनुभएको छ । पछिल्लो दुई नेताबीच भएको छलफलको विस्तृत प्रगतिबारे छिट्टै सार्वजनिक गरिने रास्वपाका नेताहरुले बताएका छन् । रास्वपा सभापति लामिछानेले अस्ति आइतवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटेर छलफलको तयारी गर्नुभएको छ ।