रास्वपा नेता रवि लामिछाने
फागुन २३ गते । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार केही क्षेत्रबाहेक देशभर मतगणना भइरहेको छ । हालसम्म २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १०० भन्दा बढी क्षेत्रमा अग्रता कायम गर्दै १७ सिटमा जित सुनिश्चित गरिसकेको छ । रास्वपाको यो ‘क्रेज’ सँगै पुराना दलहरू कतिपय क्षेत्रमा जमानत जोगाउन समेत संघर्ष गरिरहेका छन् ।
१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेका १७ क्षेत्रहरू
धनुषा–३ मनिष झा ४३,१४२ मतका साथ विजयी। उनले कांग्रेसका विमलेन्द्र निधि र एमालेकी जुलीकुमारी महतो जस्ता ‘हेभीवेट’ उम्मेदवारलाई पराजित गरे।
कास्की–३ बिना गुरुङ ३७,७५० मत ल्याएर निर्वाचित। उनले एमालेका दामोदर पौडेल बैरागीलाई हराइन्।
काठमाडौं–१० प्रदीप विष्ट ३७,४६९ मतसहित विजयी। कांग्रेसका हिमाल कार्की दोस्रो र एमालेका विनोद श्रेष्ठ तेस्रो स्थानमा रहे।
मोरङ–४ सन्तोष राजवंशी ४०,८३३ मतका साथ विजयी । उनले कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८,०१५ को फराकिलो मतान्तरले पराजित गरे।
कास्की–२ पत्रकारिताबाट राजनीतिमा आएका उत्तमप्रसाद पौडेल ३१,९११ मतसहित निर्वाचित। उनले एमालेका रश्मि आचार्यलाई पराजित गरे।
काठमाडौं–५ वैकल्पिक राजनीतिका अभियन्ता सस्मित पोखरेल विजयी। उनले प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापा जस्ता स्थापित नेताहरूलाई पछि पारे।
काठमाडौं–४ अभियन्ता पुकार बम २९,१८२ मतसहित निर्वाचित। उनले कांग्रेसका सचिन तिमल्सिना र एमालेका राजन भट्टराईलाई पराजित गरे।
काठमाडौं–६ पूर्वमन्त्री शिशिर खनाल २७,७११ मतका साथ पुनस् निर्वाचित।
काठमाडौं–८ विराजभक्त श्रेष्ठ २४,५९२ मतका साथ विजयी हुँदै आफ्नो विरासत कायम राख्न सफल भए।
काठमाडौं–३ काठमाडौं महानगरका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डे १८,७५७ मतका साथ विजयी। उनले कुलमान घिसिङलाई पराजित गरे।
काठमाडौं–१स् रञ्जु दर्शना १५,४५५ मतसहित विजयी। उनले कांग्रेसका प्रबल थापा र राप्रपाका रवीन्द्र मिश्रलाई हराइन्।
काठमाडौं–९ रास्वपा उपसभापति डोलप्रसाद अर्याल ३५,०९३ मतका साथ फराकिलो अन्तरले विजयी।
मोरङ–६ रुविना आचार्य ५५,५१३ मतका साथ विजयी। उनले कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालालाई पराजित गरिन्।
बाँके–१ सुरेशकुमार चौधरी ३२,७९२ मतका साथ निर्वाचित।
स्याङ्जा–१ धनञ्जय रेग्मी २९,०७१ मतका साथ विजयी।
रुपन्देही–४ कन्हैया बनियाँ २८,०६६ मतसहित निर्वाचित। उनले एमालेका प्रमोदकुमार यादवलाई पराजित गरे।
२. नेपाली कांग्रेस ५ सिटमा जित
नेपाली कांग्रेसले हालसम्म हिमाली र पहाडी भेगका ५ निर्वाचन क्षेत्रमा जित निकालेको छस्
तेह्रथुम सन्तोष सुब्बा ११,५६१ मतका साथ विजयी ९भानुभक्त ढकाललाई ८८० मतले पराजित गरे०।
दैलेख–१ वासना थापा १२,३७२ मतसहित ऐतिहासिक जित निकाल्दै पहिलो पटक संसद् प्रवेश।
रसुवा–१ मोहन आचार्य १०,६५६ मतका साथ तेस्रो पटक निर्वाचित।
मुस्ताङ–१ योगेश गौचन थकाली ३,३०७ मतका साथ लगातार दोस्रो पटक विजयी।
मनाङ–१ टेकबहादुर गुरुङ तेस्रो पटक निर्वाचित।
३. नेपाली कम्युनिष्ट पार्टीस् २ सिटमा जित
हालको नतिजा अनुसार यो पार्टी तेस्रो स्थानमा छस्
रुकुम पूर्व–१ पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १०,२४० मतका साथ विजयी। पुराना शीर्ष नेताहरूमध्ये जित्ने उनी हालसम्म एक्ला हुन्।
कालिकोट–१ महेन्द्रबहादुर शाही ११,३३६ मतका साथ विजयी।
४. नेकपा एमाले १ सिटमा जित
बाँके–२ एमालेका लागि पहिलो जित मोहम्मद इश्तियाक राईले दिलाएका छन्। उनी पार्टी प्रवेश गरेलगत्तै यस क्षेत्रबाट निर्वाचित भएका हुन्।