पुस २७ गते । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति १२ दिनमै भंग छ । १४ पुसको पार्टी एकताको सहमति तोडिनुमा दुवैले एकअर्कालाई दोषी भएको आरोप लगाएका छन् । सहमति तोडिएको केही घण्टामै घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई संरक्षक बनाइएको छ ।
उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति १२ दिनमै भंग
रास्वपा सभापति रवि लामिछाने र सहमति अनुसार उपसभापति बनाइएका कुलमानबीच शुक्रबार र शनिबार निरन्तर छलफल भएको थियो । दुई दिनको छलफलपछि एकअर्काका कारण एकताबद्ध भएर जान नसकिने भन्दै रास्वपा र उज्यालो नेपाल अलग भएका हुन् ।